Technology

स्मार्टफोनमा डाटा कसरी बचाउने ?

स्मार्टफोनमा डाटा कसरी बचाउने ?
Smartphone with finance and market icons and symbols concept स्मार्टफोन वा ट्याब्लेटमा धेरै भिडियो हेर्दा पनि डाटाको खपत अत्यधिक मात्रामा हुने गर्छ । झन् भिडियो हाई डेफिनेशन (एचडी) अर्थात् उच्च गुणस्तरको भएमा डाटा खर्च अझ बढी हुनु स्वाभाविक हो । मोबाइलमा इण्टरनेट सुविधा विरलै अनलिमिटेड हुने गर्छ । प्रिपेड मोबाइल इण्टरनेटको प्रयोग गर्दा अधिकांशको मोबाइल डाटा लिमिट महिना पूरा हुनु अगावै सिद्धिने समस्या हुने गरेको छ । यस पश्चात् रिचार्ज विनै डाटा सर्भिसको प्रयोग गर्दा महिनाको अन्त्यमा धेरै रकम खर्च हुने सम्भावना पनि उत्तिकै रहन्छ ।

यसरी बचाउन सकिन्छ डाटा

स्मार्टफोनमा डाटा प्रयोग खपत कम गराउने उद्देश्यका साथ डाटा यूसेज फिचर हुन्छ । यसको प्रयोगका लागि स्मार्टफोनको सेटिङमा गएर डाटा यूसेजको छनोट गर्नुपर्छ । डाटा सर्भिस अन हुँदा डाटा प्रयोगको सीमा तोक्न सकिन्छ । तोकिएकोभन्दा बढी डाटाको प्रयोग भएमा स्मार्टफोनले स्वचालित रूपमा प्रयोगकर्तालाई सचेत गराउँछ । यसका लागि प्रयोगकर्ताले ‘सेट मोबाइल डाटा लिमिट’को छनोट गर्नुपर्ने हुन्छ । एप बजारमा डाटा घटाउने तथा डाटा कम्प्रेस गरी डाटा खर्च घटाउन सघाउने एप पनि उपलब्ध छन् । एण्ड्रोइडका लागि ‘डब्ल्यू डब्ल्यू डब्ल्यू डट मेकयूस अफ डट कम ट्यागर द अमाउण्ट अफ मोबाइल डाटा वेष्टेड बाई एड्स इज अटर्ली इन्सेन’ ब्राउजरले प्रयोगकर्ताको ब्राउजिङको गति बढाउन सहयोग पुर्याउँछ । किनभने, यसले डाटालाई कम्प्रेस (सङकुचित) गरिदिन्छ । यसमा विज्ञापन ब्लक (निष्क्रिय) गर्ने फिचर पनि उपलब्ध छ । क्रोम ब्राउजरको प्रयोग नगर्ने मानिसका लागि समेत यो निकै उपयोगी छ । डाटा जोगाउने अन्य उपाय एण्ड्रोइडमा विभिन्न भर्चुअल प्राइभेट नेटवर्क वा भीपीएनसहितका एप पनि पाइन्छ । तिनले डाटाको खर्च कम गर्न सहयोग गर्छन् । भीपीएनसहितका एपले तपाईंले गरेका ब्राउजर हिष्ट्रीलाई समेत गोप्य राख्न सहयोगी भूमिका खेल्छ । यी उपायबाट पनि डाटा खर्चमा कमी नआएमा धेरै मात्रामा वाईफाई सेवाकै उपयोग गर्नु राम्रो हुन्छ । घरभन्दा बाहिर हुँदा मोबाइल डाटा अफ गर्नुहोस् । अनि अत्यावश्यक समयमा मात्रै यसलाई अन गर्नुपर्छ । यति गर्दा एपले डाटा खर्च गर्न कम गर्छ । फलस्वरूप डाटाको उल्लेख्य बचत गर्न सकिन्छ ।

Data Jogaone Tarika Smart Phone

विशेष