
असार - १, पोर्चुगलका कप्तान क्रिष्टियानो रोनाल्डोले आइसल्याण्डले ‘साँघुरो मानसिकता’ देखाएको भन्दै आलोचना गरेका छन् ।
मंगलबार राती भएको युरोकप फुटबलमा आइसल्याण्डसँग १–१ गोलको बराबरीमा रोकिएपछि पोर्चुगलका कप्तान रोनाल्डोले आइसल्याण्डले खेलमा ‘साँघुरो मानसिकता’ देखाएको भन्दै आलोचना गरेका हुन् ।
‘उनीहरुले सोचेका छन् कि हामीसँग बराबरीमा रोकिएर उनीहरुले युरोकपको उपाधि नै उचाले, उपाधि नै उचाले जसरी खेलको अन्त्यमा खुशी मनाए, त्यो आश्चर्यजनक छ,’ रोनाल्डोले भने । रोनाल्डोले भनेका छन्, ‘हामीले खेल जित्नका लागि प्रयास गर्यौ तर आइसल्याण्डले केही प्रयास गरेन। यो एउटा सानो निराशा थियो ।’
‘आइसल्याण्डले गोल गरेपनि खेलाडीहरु ९० मिनेटमा दुई वटामात्रै मौका सिर्जना गरे । अन्य समयमा बलका पछिमात्रै दौडिरहे, डिफेन्डमा मात्रै ध्यान दिए,’ रोनाल्डोले भने ।
रोनाल्डोले आइसल्याण्डका लागि ‘भाग्यमानी रात’ सावितभएको बताए । आइसल्याण्ड पहिलो पटक युरोकप जस्तो ठूलो प्रतियोगितामा सहभागिता जनाएको छ । पोर्चुगलले ७२ प्रतिशत बल पोजिसन आफ्नो पक्षमा पार्दा जम्मा २६ वटा प्रहार पोष्टमा गरेको थियो भने आइसल्याण्डले चारवटामात्रै प्रहार गरेको थियो पोस्टमा ।
‘पोर्चुगल फुटबल खेल्ने प्रयास गर्यो र जित्ने प्रयास पनि,’ रोनाल्डगोले भने, ‘आइसल्याण्डले केही प्रयास नै गरेन, गर्यो त डेफेन्ड मात्रै ।’ रोनाल्डोले डिफेन्समात्रै खेलेर आइसल्याण्डले ‘साँघुरो मानसिकता’ देखाएको भन्दै उनीहरुले प्रतियोगितामा केही गर्न नसक्ने टिप्पणी गरे ।
Ronaldo