Technology

आईफोन ‘आइओस १०’का नया फिचर

आईफोन ‘आइओस १०’का नया फिचर
I phone असार-१, एप्पलले प्रयोगकर्तालाई आइओएसको सबैभन्दा झन्जट लाग्ने एक फिचर हटाउने भएको छ । कम्पनीले आफ्नो अपरेटिङ सिस्टमको नयाँ संस्करण आइओस १० मा यसमा भएका ’डिफल्ट एप’ हटाउन मिल्ने सुविधा ल्याउने भएको हो । योसँगै आइफोन, आइप्याड र आइपड टच होमस्क्रिन्समा कम्पनीबाटै आएका एप आफ्नो इच्छा अनुसार हटाउन सकिनेछ । जस्तै आइओएसमा भएका स्टक वा एप्पल वाच कुनै प्रयोगकर्तालाई बेकाम भए यसै राखिराख्न दिक्क लाग्ने हुन्थ्यो । अब भने यो समस्या समाधान हुने भएको हो । यो सुविधा एप्पल डेभ्लपर्सलाई बेटा भर्जनमा उपलब्ध गराइसकिएको र केही महिनामै सबै प्रयोगकर्तासम्म आइपुग्ने बताइएको छ ।

I phone

विशेष