समाज

मन्त्रीले नै आफ्नो तोक, लिखत र हस्ताक्षर भुलेपछि..........

मन्त्रीले नै आफ्नो तोक, लिखत र हस्ताक्षर भुलेपछि..........
bikram-bahadu-thapa-sign-frgot ललितपुर मंगलबजारका लक्ष्मीकृष्ण खड्गी ०७२ साल चैत्र २९ गते सिंहदरबारस्थित भुमीसुधार मन्त्रालय पुगे । आफ्ना पुस्तौली कागजात बोकेका उनले राज्यमन्त्री बिक्रमबहादुर थापालाई भेटे । प्रमाणसहित खड्गीले आफ्नो कहानी सुनाए । ‘९० सालमा मेरो हजुरबुबा लालबहादुर खड्गीको घर भत्कियो । हजुरबुबाले साथीभाइको सरसल्लाहमा मंगलबजारस्थित मछिन्द्रनाथ पताहाछ्या गुठीमा घर हाल्नुभयो । २ आना १ पैसा ३ दाम क्षेत्रफलमा हाम्रो हजुरबुबाले जसोतसो गुजरा चलाउनुभयो । चालिस बर्षपछि मोहीयानी हकको व्यवस्था आयो । बुबाले तिरो तिरेको कागजातसहित आवेदन दिनुभयो । नापीको सर्जीबिनका बेला लिखत छुटेको भनियो । भरेभोलि भन्दाभन्दै बर्षौ बित्यो । लालपूर्जा बनाउने हजुरबुबाको धोको पूरा भएन । २०५८ सालमा उहांको स्वर्गबास भयो । मेरो बुबा २००२ सालमा त्यही घरमा जन्मिनुभएको हो । बुबा लक्ष्मीबहादुर अहिले ७१ बर्षको हुनुभयो । उहांको जीवन पनि गुठी संस्थान धाउंदाधाउंदै बृद्ध हुनुभयो । जहिल्यै घरजग्गा के हुने भयो भनेर सोधिरहनुहुन्छ । अहिले गुठी संस्थानमा म धाइरहेको छु । संस्थानका कर्मचारी अनेक तर्क गर्छन, उल्झन देखाउंछन् । कहिले मन्त्रालयलाई कारक बताउंछन् । पहिले पनि मन्त्रालयले मोहीयानी हक कायम गराइदिनुभन्ने आदेश दिएको थियो, टेरेनन् । अहिले फेरि मन्त्रालयसंग अधिकार भएकाले आफूले केही गर्न नसक्ने भन्छन् । त्यसैले सबै प्रमाणसहित तपाईलाई भेट्न आएको ।’ लोकतान्त्रिक राज्य प्रणालीलाई मजाक जस्तो सावित गर्ने खड्गी परिवारको दु:ख सुनेपछि राज्यमन्त्री थापा स्तव्ध भए । कागजपत्र ओल्टाइपल्टाइ गरे । सरोकारवाला उच्च कर्मचारीलाई डाके । गुठी संस्थानले नै मोहीयानी हक कायम गर्न सक्ने भन्ने निष्कर्ष निस्कियो । उनले किटेरै तोकआदेश गरिदिए । मन्त्रालयको तोक आदेश २०७३ साल बैशाख ५ गते गुठी संस्थानमा दर्ता भयो । मन्त्रीले एक महिना अघि दिएको निर्देशनका बारेमा संस्थान मौन छ । राज्यमन्त्रीले भुले आफ्नै हस्ताक्षर  यसबीचमा गुठी संस्थानका केही उच्च कर्मचारीले राम्रै दौडधुप गरेको सूचना नेपाल आजलाई प्राप्त भयो । खड्गीको घर रहेको जग्गा खाली गराउने र ब्यापारीलाई बिक्री गर्ने गरी सेटिङ मिलाउन लागिएको स्रोतको दाबी छ । संस्थानले गुठीको जग्गा व्यक्तिको सरह बेचविखन गर्ने अख्तियारी राख्दछ । यो खबर थाहा पाइसकेपछि हामीले सो बारेमा बुझ्न राज्यमन्त्री थापालाई सम्पर्क गर्यौ । खड्गीको घरजग्गाका बिषय आफुलाई अवगत नरहेको प्रष्टिकरण दिए । राज्यमन्त्री थापालाई हामीले तपाईको तोक आदेश रहेको चैत्र २९ को निवेदन के हो भनि सोध्यौं । उनले विर्सिएको जनाए । उनी भन्छन् “गुठी स्वायत्त संस्था हो । उसको आफ्नै नीतिनियम हुन्छ । गुठीलाई राज्यले हस्तक्षेप गर्नै पाउंदैन ।” उनले नेपाल आजसंग खड्गीलाई अन्याय परेको आफूलाई जानकारी नआएको बताए । यदि वास्तविक पीडित हो भने मन्त्रालयले सो घटनामा सम्बद्ध पक्षलाई सचेत गराउने प्रष्टिकरण दिए । राज्यमन्त्री थापाले यस अघि खड्गी पीडित रहेको देखिन आएकाले भन्ने व्यहाेराकाे तोक आदेश आफैंले लेखेर हस्ताक्षर गरेका थिए । mantrile-tok-ra-sign-bhulepachi-2 किन न्याय पाएनन् ९० सालका भुकम्प पीडितले ८० बर्ष हुंदासम्म न्याय नपाएको सन्दर्भ 'एक कान दुई कान मैदान' हुन थालेपछि गुठी संस्थानका कर्मचारी तर्किन थालेका छन् । गुठी संस्थानका अध्यक्ष लक्ष्मण ज्ञवाली भन्छन् ‘फाईल लामो समय अड्किएको सांचो कुरा हो । उहाँलाई धेरै दु:ख भयो । यसबारेमा बोर्डले पहिले नै निर्णय गरिसकेको बुझेको छु । उहांलाई अन्याय हुंदाहुंदै पनि निर्णय उल्टयाउन गाह्रो छ । सकेको म गर्छु ।’ मन्त्रालय र अख्तियारको निर्देशन किन अटेर गर्नुभएको भन्ने नेपाल आजको प्रश्नमा ज्ञवाली भन्छन्, ‘अख्तियार र मन्त्रालयले उक्त फाईल फेरि हेर्नु र निर्णयमा पूर्नविचार गर्नु भनेको छ । तर उहांको पक्षमा फैसला सुनाउनु भनेको छैन ।’ उनी थप्छन् ‘उनलाई अन्याय भएको सबै प्रमाण जुटेको खण्डमा उनलाई अर्को ठाउमा सार्न सक्ने सम्भावना छ । तर त्यही जग्गा दिन सकिदैन किनकि कुनै पनि हालतमा बोर्डको निर्णय उल्टाउन मिल्दैन ।’ गुठी संस्थानका सहप्रशासक हेम सुवेदी गुठीका सबैभन्दा पूराना कर्मचारी हुन् । उनैले खड्गी परिवारको फाइल अघि नबढाएकोे धेरै कर्मचारीको भनाइ छ । सो अनुमानलाई सही सावित गर्ने गरी सुवेदीले जवाफ फर्काए ‘न त सरकारले सुको पैशा गुठीलाई प्रशासनिक खर्च भनेर दिएको छ नत कर्मचारीलाई कुनै सुविधा नै उपलव्ध गराएको छ । यस्तोमा सरकारको निर्णय टेर्न हामीलाई केही कर छैन । गुठीलाई ठीक लागेको निर्णय हामी मान्छौं । नत्र मान्दैनौं ।’ के भन्छ अख्तियार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीलाई आनाकानी गरेर सेवा ढिलो दिनुलाई पनि अख्तियारको दुरुपयोग मान्दछ । सो सम्बन्धमा अख्तियारमा उजुरी परेको थियो । यस अघि नै अख्तियारले गुठी संस्थानलाई खड्गीको निवेदनमाथि तत्काल कारवाही थाल्नु भन्ने निर्देशन दिएको थियो । । अझैसम्म खड्गीलाई न्याय नदिएको थाहा पाएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोग चकित परेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता कृष्ण हरी पुस्कर भन्छन्, ‘राज्यको कानुन नमान्ने जुनसुकै संस्थालाई कारबाही हुन्छ । कानुन सबैले मान्नुपर्छ । गुठीले मान्ने नमान्ने ? त्यो त समयले बताउछ ।’ खड्गीको निवेदन र गुठी संस्थान तथा मन्त्रालयले यस अघि गरेका निर्णयका बारे जानकार रहेका प्रवक्ता पुष्करले भने, ‘अब, चांडै नै खड्गीले न्याय पाउनेछन् ।’ Aaktyar-Ko-Patra असार ३ गते बस्ने गुठी संस्थानको बोर्ड बैठकको कार्यसूचीमा खड्गीको निवेदन पनि रहेको बताइन्छ । प्रस्तुतिः सागर बुढाथोकी  

र यो पनि,

८० बर्ष देखि न्यायको लागि याचना बाजेको फाइल नाति सम्म

bikram bahadur thapa guthi sasthan 2 minister forgets his sign

विशेष