मनोरञ्जन

रिलिज अगावै उड्ता पञ्जाव पाईरेसी

रिलिज अगावै उड्ता पञ्जाव पाईरेसी

असार - २, उड्ता पञ्जाव फिल्म रिलिज अगाडिनै ईन्टरनेट पाईरेसी भएको छ । सेन्सर झमेलामा परेर विवादमा तानिएको थियो। भिडियो डाउनलोड वेभ पोर्टल टोरेन्टुमा बुधबार साँझ नै फिल्म आएपछि अहिले बलिउडमा हंगामा मच्चिएको छ । सेन्सरको लागि बुझाएको फाईल पाईरेसी भएको थियो । सेन्सर नभएको दृश्यहरु नै उक्त फाईलमा समावेश थिए  । 

 

उड्ता पञ्जाव फिल्म टोरेन्टमा राखिएको १ घण्टापछि मात्रै हटाइएको हो । उक्त फिल्म हजारौंले डाउनलोड गरेको अनुमान गरिएको छ । ट्वीटरमा  उड्ता पञ्जाव लिक्ड ट्रेण्ड पहिलो नम्बरमा आएको थियो । त्यसपछि मात्रै निर्माण टिमले र प्रहरीले थाहा पाएको बताइएको छ । फिल्म रिलिज पहिले पाईरेसी भएपछि निर्माण टिमले प्रहरीमा साईबर क्राईमको उजुरी दिएको छ । भारतिय प्रहरीले छिट्टै दोषी पत्ता लगाई कारबाही गर्ने बताएको छ । फिल्ममा साहिद कपुर, करिना कपुर र अलिया भट्ट लिड रोलमा छन् । जुन १७ मा रिलिज हुँदै छ । 

bollywood Udta Panjab

विशेष