खेल

जर्मनी बराबरीमै रोकियो, इंग्ल्याण्ड र नर्दन आयरल्याण्ड विजयी

जर्मनी बराबरीमै रोकियो, इंग्ल्याण्ड र नर्दन आयरल्याण्ड विजयी

ClFfyXBWgAElWX4 असार ३ । युरोकप फुटबलको उपाधि दावेदार जर्मनीलाई पोल्याण्डले बराबरीमा रोकेको छ , फ्रान्समा जारी प्रतियोगिताअन्तर्गत गएराति भएको समुह सी को खेलमा जर्मनीलाई पोल्याण्डले गोलरहित बराबरीमा रोकेको हो ।

ClGiiXWWEAA2snAखेलमा दुबैतर्फबाट केही उत्कृष्ट अवसर सिर्जना गरिए पनि गोल हुन नसक्दा दुबै टोलीले अंक बाँडेका हुन् । यही समुहको अर्को खेलमा नर्दन आयरल्याण्डले युक्रेनलाई २–० ले हराएको छ । खेलमा नर्दन आयरल्याण्डलाई विजयी गराउन ग्यारेथ म्याक्वेली र नियाल म्याक्गिनले एक–एक गोल गरे । जितसँगै नर्दन आयरल्याण्डले ३ अंक जोड्दै नकआउट चरणमा पुग्ने सम्भावना बलियो पारेको छ । यो समूहमा ४–४ अंक जोडेका जर्मनी र पोल्याण्ड क्रमशः पहिलो र दोस्रो स्थानमा छन् ।उता समुह बी को खेलमा वेल्सलाई २–१ ले हराँउदै इंग्ल्याण्डले अंक तालिकाको शीर्ष स्थान कब्जा गरेको छ ।

ClFoYc5XEAAJmM6

युरोकप फुटबलमा आज पनि तीन खेल हुनेछन् । साँझ पौने ७ बजे ईटाली र स्वीडेन भिड्दा बेलुकी पौने १० बजे चेक रिपब्लिकले क्रोएशियासँग खेल्नेछ । यसैगरी राति पौने १ बजे स्पेनले टर्कीसँग खेल्नेछ ।

Uro cup Uro Cup 2016

विशेष