थ्रिस्टार समूह चरणबाट बाहिरियो

असार – ३, ललित स्मृति अन्डर एटिन फुटबल प्रतियोगीतामा थ्रिस्टार क्लब समूह चरणबाटै बाहिरिएको छ ।
शुक्रबार भएको समुह चरणको दोस्रो तथा अन्तिम खेलमा सुदुर पश्चिम क्षेत्र संग पराजित हुदै थ्रिस्टार समुह चरणबाट बाहिरीएको हो । शुक्रबारको प्रतियोगितामा खेलको १०औ मिनेटमा नै सुसन श्रेष्ठको गोलको मद्दतले थ्रिस्टारले अग्रता लिएको भएपनि सुदुर पश्चिमले दुई गोल फर्काएको थियो । सुदुर पश्चिमको लागि जीवन चौधरीले २६ औ र कमल देउबाले ८४ औ मिनेटमा गोल गरेका थिए । यसअघि आफ्नो पहिलो खेलमा थ्रिस्टार संकटा क्लबसंग पराजित भएको थियो । आजै भएको अर्को खेलमा भने मोरङ फुटबल क्लब र सरस्वती क्लबले २–२ गोलको बराबरी खेलेका छन् ।
football
Football Nepal
Three Star Football
