खेल

स्पेन नकआउट चरणमा, चेक रिपब्लिक र क्रोएसियाबीच तनावपूर्ण खेल

स्पेन नकआउट चरणमा, चेक रिपब्लिक र क्रोएसियाबीच तनावपूर्ण खेल
असार – ४, टर्कीमाथि शानदार जित हात पार्दै दुई पटकको च्याम्पियन स्पेन युरो कप फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ । Spen And Turki असार - ४ । शनिबार विहान भएको एकपक्षीय खेलका स्पेनले टर्कीलाई ३.० गोल अन्तरले पराजित गरेको छ । यससँगै युरो कप २०१६ मा दुई भन्दा बढी गोल गर्ने पहिलो टिम स्पेन बनेको छ । नाइसमा भएको खेलमा स्पेनले ३४ औं मिनेटमा अल्भारो मोराटाको गोलबाट अग्रता लिएको थियो । त्यसको तीन मिनेटपछि नै नोलिटोले अग्रता दोब्बर पारे । दोस्रो हाफको ४८ औं मिनेटमा मोराटाले व्यक्तिगत दोस्रो गोल गर्दा स्पेन ३.० को अग्रता लिन सफल भयो । यो गोल भने २१ पासमा भएको थियो, जसमध्ये ९ आउट फिल्ड प्लेयरले खेलेका थिए ।   चेक रिपब्लिक र क्रोएसियाबीच तनावपूर्ण खेल समर्थकको अवरोध र फ्लेयर्स (चम्कने बस्तु) प्रहारका बीच भएको खेलमा क्रोएसियाले चेक रिपब्लिकसँग अंक बााडेको छ । crosia एक घन्टाको खेलमा क्रोएसियाले २.० को अग्रता लिइसकेको थियो । तर, जोगाउन सकेन र, चेक रिपब्लिकले १४ मिनेटमा दुई गोल फर्काउँदै २.२ को बराबरी खेलेको छ । समर्थकको उच्छृंखल गतिविधिका कारण खेल नै अवरुद्ध भएको थियो । ८६ औं मिनेटमा क्रोएसियाली इण्डबाट मैदानमा फ्लेयर्स प्रहार भएको थियो, जसले खेल अरुवद्ध भयो । खेलका क्रममा क्रोएसिया र चेक रिपब्लिकका समर्थकहरु एकआपसमा भिडेका समेत थिए । मैदानिभत्रको खेलमा भने क्रोएसिया हावी भएको थियो । र, उसैले जित्नु पर्ने खेल थियो ।

Uro Cup 2016

विशेष