प्रवास

बेलायतबासी नेपालीले यसरी सम्झिय स्व. संगीतकार गुरुङलाई

बेलायतबासी नेपालीले यसरी सम्झिय स्व. संगीतकार गुरुङलाई
असार – ४, दिन विश्व नेपाली साहित्य महासङ्घ र नेपाली राजदुतावासको संयुक्त आयोजनामा राष्ट्रिय गायक स्व. अम्बर गुरुङप्रति श्रद्धाञ्जलीसभा सम्पन्न भयो । UK nepali स्व. गुरुङको फोटोमा माल्याअर्पण गरी शुरु भएको समारोहमा संघसंस्थाका प्रतिनिधि तथा सहभागि सबैले पुष्प गुच्छा र खदा चढाएर एक मिनेट मौन धारणा गरेका थिए । स्व. गुरुङको सम्झनामा उनीद्वारा संगीतबद्ध राष्ट्रगान बजाइएको थियो । स्व. गुरुङको जीवनी माथि खस समाज युकेका अध्यक्ष टेक बहादुर थापा राजेशले प्रकाश पार्नु भएको थियो । त्यस्तै एक दर्जन कविहरुले गुरुङमा समर्पण गरि लेखिएका कविता तथा मुक्तकहरु वाचन गरे । गायक थिर थापामगरले स्व. गुरुङद्वारा संगीतबद्ध रातो र चन्द्र सूर्य जंगी निशाना हाम्रो र ए कान्छा ठट्टैमा यो वैंश जान लाग्यो गीत गिटारसंगै गाए । प्रोफेसर तथा कवि सुमाया राई, डा. चन्द्र बहादुर गुरुङ, विजय हितान, भोज बहादुर बराल, राजेन्द्र क्षेत्री, कर्म पहाडी शेर्पा, क्षेत्रकला राई, सईन्द्र थापा, दिप गिरी, निश्चल दाहाल, शैन्द्र थापा, शंकर दाहाल लगायतले कविता तथा मुक्तक वाचन गरे । सभामा विभिन्न १० संस्थाका प्रतिनिधिहरु सहभागी थिए । साहित्य महासंघ विश्व केन्द्रीय समितिका अध्यक्ष विश्वास दीप तिगेलाको अध्यक्षतामा सम्पन्न सभाका प्रमुख अतिथि कार्यवाहक राजदुत तेजबहादुर क्षेत्री थिए ।

aambar gurung Ambar UK nepali

विशेष