खेल

रोनाल्डोले पेनाल्टी गोल गर्न नसक्दा पोर्चुगलको नकआउट चरणमा पुग्ने सम्भावना न्यून

रोनाल्डोले पेनाल्टी गोल गर्न नसक्दा पोर्चुगलको नकआउट चरणमा पुग्ने सम्भावना न्यून

ClP4ayuWEAAJ8-p असार ५ । युरोकप अन्र्तगत शनिबार राति भएका खेलमा आइसल्याण्ड हंगेरीसँग १–१ को बराबरीमा रोकिएको छ । त्यस्तै अर्को खेलमा पोर्चुगल र अष्ट्रिया पनि गोलरहित बराबरीमा रोकिएका छन् । आइसल्याण्डका विर्किर साइभर्सनले नेम्यानजा निकोलिकको क्रसको बल क्लियर गर्ने क्रममा आत्मघाती गोल गरे र खेल १–१ को बराबरीमा सकियो । उपहारमा पाएको गोलले एक अंक थप गरेको हंगेरी अन्तिम १६ मा पुग्ने लगभग पक्का भएको छ ।

ClQrNkCWQAEYSPR

अर्को खेलमा क्रिष्टियानो रोनाल्डोले पेनाल्टीमा गोल गर्न नसक्दा युरोकपमा पोर्चुगल अष्ट्रियासँग बराबरीमा रोकिएको छ । आइतबार विहान भएको खेलमा पोर्चुगललाई अष्ट्रियाले गोलरहित बराबरीमा रोक्दै अंक खोसेको हो । युरो कप २०१६ को समूह ईमा रहेको पोर्चुगलले पहिलो खेलमा पनि बराबरी खेलेको थियो ।

ClQozjTWgAAGz5v

अष्ट्रियाले पोर्चुगलबाट एक अंक खोस्नुको मुख्य श्रेय किपर अल्मेरलाई नै जान्छ । उनले रोनाल्डोको हेडरदेखि नानीको प्रहारलाई असफल पारेका थिए । समूह चरणको दुई खेल सकिादा हंगेरी ४ अंकसहित समूहको शीर्ष स्थानमा छ भने आइसल्याण्ड २ अंकसहित दोस्रो र पोर्चुगल पनि समान २ अंकसहित तेस्रो स्थानमा छ । पुछारमा रहेको अष्ट्रियाको एक अंक छ ।

Uro cup

विशेष