खेल

कोपा अमेरिका फुटबलमा अर्जेन्टिना सेमिफाइनलमा प्रवेश

कोपा अमेरिका फुटबलमा अर्जेन्टिना सेमिफाइनलमा प्रवेश

ClQ-pcJUYAEx790 असार ५ । भेनेजुएलालाई ४–१ गोल अन्तरले हराउंदै अर्जेन्टिना अमेरिकामा जारी कोपा अमेरिका फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । अर्जेन्टिनाको जितमा कप्तान मेसी, हिगुइन् र एरिक लमेलाले गोल गरे ।पुरै खेलमा हाबी भएको अर्जेन्टिनाले पहिलो हाफको आठौं मिनेटमा हेगुइनले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । २८ औं मिनेटमा हिगुइनले नै अर्को गोल थप्दै २–० को अग्रता दिलाए । ४४ औं मिनेटमा पाएको पेनाल्टीमा गोल गर्न नसक्दा गोल गर्न बाट चुक्यो ।

ClRwJL6UsAAoB6X

लुइस स्वारेजसले हानेको पेनाल्टी अर्जेन्टिनाका किपर सर्जियो रोमारिले उत्कृष्ट बचाउँ गरेका थिए । दोस्रो हाफमा दुई गोल गरेको थियो । खेलको ६० औं मिनेटमा मेसीले गोल गरे । त्यसपछि भेनेजुएलाका रोनडोनले खेलको ७० मिनेटमा गोल गर्दै टिमको अग्रता छोट्याए । त्यसको एक मिनेटमै अर्जेन्टिनाले अर्को गोल थप्यो । फाइनल प्रवेशका लागि अर्जेन्टिनाले आयोजक अमेरिकासँग प्रतिस्पर्धा गर्नुपर्ने छ ।

Copa America

विशेष