चिलीद्वारा मेक्सिकोमाथि गोलको बर्षा


असार ५ । डिफेन्डिङ च्याम्पियन चिली कोपा अमेरिकाको सेमिफाइनमा प्रवेश गरेको छ । आइतबार बिहान भएको खेलमा चिलीले मेक्सिककोलाई ७–० गोल अन्तले पराजित गरेको हो ।
चिलीका भार्गासले मेक्सिकोको पोस्टमा एक्लैले ४ गोल गरेका थिए । त्यस्तै इड्सन पुचले दुई गोल गर्दा एलेक्सिस सान्चेजले एक गोल गरे । जीत संगै चिलीले सेमिफाइनलमा कोलम्बियासंगको भेट पक्का गरेको छ ।
Copa America