स्वास्थ्य

जुम्लामा २१ महिलाको निःशुल्क पाठेघर शल्यक्रिया

जुम्लामा २१ महिलाको निःशुल्क पाठेघर शल्यक्रिया

1507021435826629 असार ५ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाद्वारा यहाँका २१ महिलाको पाठेघरको निःशुल्क शल्यक्रिया गरिएको छ । प्रतिष्ठानले आफ्नै पहलमा एक महिनादेखि निःशुल्क पाठेघरको शल्यक्रिया गर्दै आएको छ । ३२ जनाको शल्यक्रिया गर्ने लक्ष्य राखेकामा २१ महिलाको पाठेघरको शल्यक्रिया गरिएको हो ।

प्रतिष्ठानले यहाँको नागरिकको चेतनास्तर, आर्थिक तथा सामाजिक अवस्था र भूगोललाई मध्यनजर गरी बेलाबेलामा गाउँमा विशेषज्ञ स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको छ । विगतमा सिटामोल, एमजिट ब्रान्डका औषधि पाउन नसक्ने गाउँमा अहिले विशेषज्ञ स्वास्थ्य सेवा सजिलै पाउन थालेपछि स्थानीय नागरिक निकै खुशी भएका छन् ।

Health Karnali Health Institute

विशेष