खेल

रेम्बुकाई कराते डो संघमा गम्भीर विवाद, महासचिवले एकलौटी बोलाएको साधारण सभालाई मान्यता नदिन अध्यक्ष तामाङको अपील

रेम्बुकाई कराते डो संघमा गम्भीर विवाद, महासचिवले एकलौटी बोलाएको साधारण सभालाई मान्यता नदिन अध्यक्ष तामाङको अपील
काठमाडौं, ५ असार राष्ट्रिय खेलकुद परिषद अन्तरगगत रहेको नेपाल रेम्बुकाई कराँते डो संघका महासचिव रेशमलाल लामाले अध्यक्षलगायत बहुमत पदाधिकारीलाई खबरै नगरी साधारण सभा र अधिवेशन चलाएपछि गम्भीर विवादमा फसेको छ । renbukai1संघकी अध्यक्ष मीना तामाङसहितका पदाधिकारी र केन्द्रीय सदस्यले एक विज्ञप्ती जारी गर्दै महासचिव लामाको मनोमानि र एकलौटी निर्णयमा गरिएको साधारण रसभा र निर्वाचनलार्य मान्यता नदिन आग्रह गरेका छन् । विज्ञप्तीमा आधिकारीक ११ सदस्यीय कार्यसमितिमध्ये ८ जनालाई साधारणसभाको औपचारिक खबर नै नगरिएकाले आफूहरुले उक्त साधारण सभालाई मान्यता नदिई बहिस्कार गरेको उल्लेख गरिएको छ । विज्ञप्तीमा महासचिव बाहेक अध्यक्ष मीना तामाङ, वरिष्ठ उपाध्यक्ष नम्बर ह्योल्मो शेर्पा, उपाध्यक्ष राजेन्द्र कुमार शाही, कोषाध्यक्ष विष्णु बहादुर तामाङले हस्ताक्षर गरेका छन् । त्यसैगरी केन्द्रीय कार्यसमितिका सदस्य रमेश तामाङ्ग, रिषिकेश ठाडामगर र दोर्जे लामा पाख्रीनले पनि महासचिवले एलौटी र मनोमानि ढंगले गरेको साधारण सभा र अधिवेशनमा सहभागि नभएको स्पष्ट पार्दै हस्ताक्षर गरेका छन् । अध्यक्ष तामाङले आफूले पटक पटक बैठक डाक्न निर्देशन दिंदा पनि महासचिव लामाले बैठक नडाकी मनोमानि ढंगले प्रतिनिधि चययन गरेको तथा आफूलाई जानकारी नै नदिई नगरकोटमा सधाराण सभा र निर्वाचन गरेको बताईन् । उनले केन्द्रीय समितिको बैठकले नगरकोटमा महाधिवेशन गर्ने सैद्धान्तिक निर्णय गरेपनि त्यस सम्वन्धी कार्यविधि, आर्थिक प्रतिवेदन लगायतका कतिपय कुराहरुबारे अर्को बैठक बसेर ठोस गर्ने सहमति भएको भएता पनि महासचिवले आफ्ना आफन्त र आसोपासेलार्इ प्रतिनिधि बनाई आफूहरुलाई गुमराहमा पारेर अधिवेशन संचालन गरेको बताईन् । उनले विज्ञप्तीमा महासचिवले आर्थिक हिनामिना गरेको हुनसक्ने आशंका पनि व्यक्त गर्दै कतिपय अवस्थामा आफ्नो हस्ताक्षर समेत किर्ते गरी बैंकबाट पैसा झिकेको उल्लेख गरेकी छिन् । उनले आफूहरुले खेलकुद परिषद र सम्पूर्ण खेल सम्बन्धित सरोकार राख्ने संघसंस्थाहरुलाई महासचिव लामाले गरेको उकलौटी र मनोमानि साधारण सभार र अधिवेशनलाई मान्यता नदिनको लागि अपील गरेको बताएकी छन् । विज्ञप्तमिा भनिएको छ , अध्यक्ष उपाध्यक्ष र कोषाध्यक्ष लगायतका पदाधिकारीको अनुपस्थितिमा महासचिवले एकलौटी रुपमा आयोजना गरेको नगरकोटको साधारण सभा एवं निर्वाचन अबैध रहेको जानकारी गराउन चाहन्छौं ।उक्त अधिवेशनलाई मान्यता प्रदान नगर्न र तत्काल अर्को साधारणसभा र महाधिवेशन आयोजना गर्नको लागि दवाव दिन राष्ट्रिय खेलकुद परिषदलाई अपील गर्दछौं । त्यसैगरी उक्त साधारण सभाले चयन गर्ने कार्यसमितिलाई पनि मान्यता प्रदान नगर्न हामी सम्पूर्ण खेलप्रेमी, मिडियाकर्मी र सरोकारवाला निकाय र संघसंस्थाहरुलाई हार्दिक अपील गर्दछौं ।

nepal renbukai karate

विशेष