
असार - ५ । ललित मेमोरियल यु–१८ फुटबलमा लुम्बिनी फुटबल क्लब विजयी भएको छ ।
एन्फा टेक्निकल मैदानमा जारी खेलमा लुम्बिनी फुटबल क्लबले जावलाखेल युथक्लबलाई १–० गोल अन्तरले पराजित गरेको । पहिलो हाफको २८ औं मिनेटमा लुम्बिनीका अजित तामाङले पहिलो गोल गरेका थिए । त्यसपछि दुबै टिमबाट कुनै गोल हुन सकेन । हार संगै जावलाखेल युथ क्लब प्रतियोगिताबाट बाहिरिएको छ ।
Lumbini
u-18