Technology

गुगलमा उपलब्ध केही नि:शूल्क र अनाैठा फिचरहरु

गुगलमा उपलब्ध केही नि:शूल्क र अनाैठा फिचरहरु
गुगललाई टाइमरका रूपमा, विभिन्न हिसाबकिताब राख्न, उल्था गर्न, ठूला जर्नल तथा पेन्टिङ सर्च गर्न पनि प्रयोग गर्न सकिन्छ । नि:शूल्क  उपलब्ध गराइएका यस्तै केही फिचर : Google
  • केही कुरा सम्झिन वा तुरुन्त नोट गर्न मोबाइल तथा डेस्कटपमा बिभिन्न नोट एपहरू प्रयोग गरिन्छ, तर गुगलले ल्याएको ‘गुगल किप’ एप यति गजबको छ कि जसले सबै नोट एपलाई बिर्साउँछ ।
  • यसका साथै रिमाइन्ड गराउन, नोटको कलर चेन्ज गर्न तथा नोट आफ्ना साथीहरूलाई सेयर गर्न पनि गुगल किप निकै उपयोगी छ ।
  • जिमेल केवल इमेल सेवामात्र रहेन यो इमेल एकीकृत गर्ने एप पनि हो अर्थात् याहु, आउटलुक वा मेल डटकमको अकाउन्ट पनि जिमेल एपमा खोल्न सकिन्छ । अब याहु वा आउटलुक इमेल ठेगाना पनि जिमेलबाटै चलाउन सकिन्छ । महत्त्वपूर्ण कुरा जिमेल अकाउन्ट चलाउँदा जे–जे सुविधा पाइँदैनथ्यो, ती सबै सुविधा यो एपमा पनि पाइन्छ ।
  • आफ्ना प्रयोगकर्तालाई सौर्य प्रविधिको प्रयोगमा प्रोत्साहित गर्न गुगलले ‘गुगल सनप्रुफ’ नामक परियोजना प्रारम्भ गरेको छ ।
  • गुगलको प्रयोग टाइमरका रूपमा पनि गर्न सकिन्छ । गुगल सर्चमा गएर टाइम टाइप गरेर त्यसपछि टाइमर लेख्ने हो भने निर्धारित समयपछि यसले समय सकिएको सूचना दिनेछ ।
  • गुगलको प्रयोगबाट ब्रह्माण्डको निकै पर परसम्म अवलोकन गर्न सकिन्छ । त्यसका लागि गुगल डट कमरस्काई खोलेर नासाको भू–उपग्रहमार्फत खिचिएका तस्बिरहरू अवलोकन गर्न सकिन्छ ।
  • ठूलो संख्या उच्चरणमा समस्या छ भने गुगल खोलेर १२ अंकभन्दा माथिका संख्यालाई अंग्रेजीमा कसरी उच्चारण गर्ने थाहा पाउन सकिन्छ । त्यसका अतिरिक्त गुगललाई धेरै कुराको हिसाब निकाल्न र कन्भर्ट गर्न प्रयोग गर्न सकिन्छ।
  • आकर्षक डिजाइनका लागि नयाँ–नयाँ फ्रन्टको आवश्यकता छ भने पनि गुगल हाजिर छ । गुगलमा गुगल डट कमरफन्ट्समार्फत् हजारौं फन्ट फेला पार्न सकिन्छ । यसलाई निस्शुल्क डाउनलोड गर्न सकिन्छ ।
  • ठूला विश्वविद्यालय र चर्चित जर्नलले प्रकाशन गरेका लेखहरूको खोजीमा हुनुहुन्छ भने गुगल स्कलर सर्च सेवा तपाईंका लागि उपयुक्त हुनसक्छ । यसले अविश्वसनीय तरिकाबाट व्यवसायिक पत्रिका तथा अखबारबाट सूचना तथा जानकारी दिन सजिलो बनाइदिएको छ ।
  • गुगलले सुरु गरेको गुगल कल्चरमा संसारभरिका महान् कलाकारले बनाएका पेन्टिङ र ठूला म्युजियममा राखिएका कला फेला पर्छन् ।
  • डिजिटल संसार छिचोल्न र यसभित्रका प्राविधक विषय बुझ्न गुगलको ‘थिंकवीथ गुगल’ सेवा प्रयोग गर्न सकिन्छ, जसले डिजिटल दुनियाँका धेरै ज्ञान सित्तैंमा बाँड्छ।
  • सर्च इन्जिन गुगलमा हरेक पल मानिसहरू नयाँ नयाँ कुरा खोज्न भौंतारिइरहेका हुन्छन् । सेलिब्रिटी, खाना, घुम्ने ठाउँ, समाधानका उपाय आदि विषय गुगलमा बढी खोजिन्छन् । विश्वभरबाट के–के कुरा खोजियो भन्ने जानकारी गुगलबाटै प्राप्त हुन्छ । गुगल ट्रेन्डले हरेक दिन सबैभन्दा बढी खोजी गरिएका कुराहरू देखाउँछ ।
  • गुगल साउन्ड सर्च विजेटको सुविधाले गीतहरूका बारेमा जानकारी दिन्छ । यसले गुगल प्ले स्टोरमा रहेका गीत संगीत खरिद गर्न समेत सहायता पुर्‍याउँछ ।
  • यात्रामा निस्कँदा जहिले पनि भाषाको समस्या पर्छ । विभिन्न संकेत वा ठाउँको नाम नबुझ्दा अलमल पनि परिन्छ । यो समस्याको समाधान पनि गुगलले गरिदिन्छ । गुगल ट्रान्सलेट एपले देश र स्थानअनुरूप भाषा अनुवादको सुविधा उपलब्ध गराउँछ ।
  • गुगलमा फेला पर्ने कुनै तस्बिर सबैभन्दा पहिले कहाँ अपलोड भएको थियो वा त्यस्तै आकृति भएका अरू तस्बिर कहाँ छन् भन्ने कुरा पनि गुगलबाटै थाहा पाउन सकिन्छ ।

google feature

विशेष