खेल

अल्बानियाले रोमानियालाई हरायो, फ्रान्स स्वीट्जरल्याण्डसंग बराबरीमा रोकियो

अल्बानियाले रोमानियालाई हरायो, फ्रान्स स्वीट्जरल्याण्डसंग बराबरीमा रोकियो

2 असार ६ । स्वीट्जरल्याण्ड युरोकप फुटबलको अन्तिम १६ मा प्रवेश गरेको छ । आइतबार राति भएको खेलमा फ्रान्सलाई गोलरहित बराबरीमा रोकेको स्वीट्जरल्याण्ड समूह ए को उपविजेता बन्दै अन्तिम १६ मा प्रवेश गरेको हो । अघिल्ला दुई खेल जितेको फ्रान्स भने समूह विजेता बनेको छ । फ्रान्सका खेलाडीले गोल गर्ने राम्रा मौका बनाएर पनि चुके ।

त्यस्तै आइतबार राती नै भएको अर्को खेलमा अल्बानियाले रोमानियालाई हराउंदै नकआउट चरणमा पुग्ने सम्भावना कायमै राखेको छ । अल्बानियाले रोमानियालाई १–० गोल अन्तरले हराएको हो । सोमबार राति इंग्ल्याण्ले स्लोभाकियाको सामना गर्दा रुस र वेल्स आमने सामने हुनेछन् ।

Uro Cup 2016

विशेष