विचित्र विश्व मनोरञ्जन स्वास्थ्य

किशोरीहरुलाई टिप्स

किशोरीहरुलाई टिप्स

किशोरावस्थामा निर्णय गर्ने क्षमता अत्यन्तै कम हुन्छ । यो उमेर चञ्चलताको प्रतीक हो । तर यहीबेला मानिसले शिक्षा आर्जन गर्नुपर्छ । यहीबेला पैसाको खाँचो पर्छ । व्यक्तित्व विकास, सौन्दर्य, स्वास्थ्य र शिक्षाको समायोजन गर्ने बेला नै यही हो । यस्तो बेलामा हरेक किशोरीलाई उचित सल्लाहको आवश्यकता पर्छ । क्यारियरको प्रश्न किशोरावस्थामा हाँस्नु, रमाइलो गर्नुलाई सहज मानिन्छ । तर यसो गर्नु मात्र किशोरावस्थाको काम होइन । यहीबेला नै भविष्यमा के गर्ने भन्ने निर्णय गरिसकेको हुनुपर्छ । क्यारियर केमा बनाउने भन्ने निर्णय गर्दा अरूसँग राम्ररी सल्लाह लिनुराम्रो हून्छ ।

 

आफ्नै मनले भनेको भरमा त्यसैलाई लागू गर्छु भन्नु मूर्खता हो । आमाबुवाको आर्थिक क्षमता, आफ्नो रुचि र भविष्यमा कस्तो कुराको माग हुन्छ भन्ने कुरालाई मध्यनजर राखेर क्यारियर केमा बनाउने भन्ने निर्णय गर्नुपर्छ । यसका लागि आफ्ना बुवाआमा, गुरु तथा व्यावसायिक व्यक्तिहरूसँग सल्लाह लिनु उपयुक्त हुन्छ ।यदि विद्यालय वा कलेज छुट्टी छ भने त्यो समयलाई त्यसै खेर फाल्नुदैन । त्यो बेलामा कुकिङ क्लास, इन्टेरियर वा फेसन क्लास, कम्प्युटर सिक्ने वा आफूलाई रुचि लागेको कुनै काम गर्दा राम्रो हुन्छ ।

 

सौन्दर्य

किशोर उमेरमा छालामा तैलीय पदार्थ र पसिनाको प्रभाव बढी हुन्छ । यस्तो बेलामा प्रत्येक किशोर–किशोरीले आफ्नो अनुहार कम्तीमा पनि तीनपटक धुनुपर्छ ।

 

डन्डिफोरको समस्या बढी नै छ भने छाला विशेषज्ञकहाँ गएर देखाउदा राम्रो हुन्छ । किनभने कुनै पनि कुरा सामान्य नै हो भनेर बस्दा त्यसले कुरूप पनि बनाउन सक्छ । नाम चलेका ब्युटिसियन वा छाला विशेषज्ञले यस्ता समस्यालाई सजिलै निवारण गर्न सक्छन् ।

 

मुखमा आएको खटिरा सफा गर्न सधै सफा सुती कपडा प्रयोग गर्नुपर्छ । प्राय किशोरीहरू रुमाल त बोक्छन, तर त्यो रुमाल सफा नहुने सम्भावना पनि उत्तिकै हुन्छ । मुखको खटिरा वा डन्डिफोर सफा गर्दा रुमाल होइन अर्कै कपडा प्रयोग गर्नु उचित हुन्छ ।

 

दिउँसो काममा वा कलेज जाँदा तैलीय पदार्थ रोक्ने मस्चराइजर प्रयोग गर्नु उपयुक्त हुन्छ ।मानिसको छाला तीन किसिमको हुन्छ, तैलीय, सुख्खा अथवा मिश्रित । यी तीनमध्ये तपाईंको छाला कस्तो किसिमको छ, छुट्याउनुहोस् । छुट्याउन गाह्रो भयो भने ब्युटिसियनसँग सोध्नुहोस् । त्यसपछि छालाअनुसारको प्रसाधन प्रयोग गर्नुहोस् ।

 

तैलीय छालाका लागि पानी र सुख्खा छालाका लागि दहीले अनुहार सफा गर्दा छाला राम्रो हुन्छ । केही किशोरीहरूको छाला सामान्य (न त तैलीय न त सुख्खा) हुन्छ । यस्तो छालाको हेरचाह गर्ने सबैभन्दा सरल उपाय दिनको तीनपटकभन्दा बढी सफा पानीले अनुहार धुनु नै हो । छालाको प्राकृतिक सुन्दरता बिग्रन नदिन ब्युटिसियनको सल्लाहअनुसार राम्रो क्रिम प्रयोग गर्नु उपयुक्त हुन्छ । हरेक व्यक्तिले सुत्न जानुअघि राम्ररी अनुहार धुनुपर्छ । अनुहारलाई सफा टबेलले पुछेर क्लिजिङ मिल्क प्रयोग गर्नुपर्छ ।अनुहारमा भरसक साबुनको प्रयोग गर्नुहुदैन । यदि प्रयोग गर्नु नै छ भने क्षारविहीन साबुन प्रयोग गर्नुपर्छ । अनुहारमा मस्कराको प्रयोग धेरै नगर्नुहोस् । मस्कराको बढी प्रयोगले छालाको प्राकृतिकतामाथि हमला हुनसक्छ । यसले छाला रातो बनाउनुका साथै खटिरा आउन सक्छ ।

College girls Health Tips Teen age girls

विशेष