मनोरञ्जन

'फान अवार्ड' दीकप-दीपाको सांकेतिक बहिष्कार

'फान अवार्ड' दीकप-दीपाको सांकेतिक बहिष्कार

असार - ६ । दिपकराज गिरी र दिपाश्री निराैलाले  'फान अवार्ड' सांकेतिक बहिष्कारको निर्णय गरेकाे बुझिएकाे छ । दुबै क्यानडाको केहि हप्ताको बसाईपछि काठमाडौं फर्केका थिए । 

 

मनोनयन सार्वजनिक भएकाे समयदेखि विवादका कारण 'फान अवार्ड' चर्चामा रहेको  थियाे । गत वर्ष रिलिज फिल्म 'वडा नम्बर ६' उत्कृष्टको विधामा नपर्नु अनि अन्य विधामा पनि चित्त नबुझ्दो निर्णयले दिपक दिपा रुस्ट भएकाे बुझिएकाे छ । एक समय वडा नम्बर ६ टिमले फिल्मलाई प्रतिस्पर्धाको दौडबाट नै बाहिर निकाल्न लागेको चर्चा थियो । तर प्रतिस्पर्धाबाट हात नझिकेपनि दिपक दिपा संघको अवार्ड समारोहमा सकेसम्म उपस्थित नै नहुने र पुग्न परेको खण्डमा पनि स्टेज नचढ्ने पक्षमा उभिएको श्रोत बताउँछ । दिपकले यो प्रकारको अठोट लिएको चर्चा मिडिया र सिनेबृत्तमा चलिसकेको पनि छ । उनले स्टेज चढेर प्रस्तुति दिने कुरा पनि मनबाट निकालिसकेका छन् । अवार्डमा बलिया हकदार कलाकर्मीहरु नोमिनेशन परेका छैनन्  संघ पदाधीकारीका निकटम मानिने कलाकार उत्कृष्टको मनोनयनमा पर्ने जस्ता अनेकन कारणले फान अवार्ड विवादको उत्कर्षमा छ ।

deepa deepak FAN

विशेष