खेल

अन्डर १८ फुटबलकाे क्वाटरफाइनल समिकरण पूरा

अन्डर १८ फुटबलकाे क्वाटरफाइनल समिकरण पूरा
असार - ६ । ललित स्मृति अन्डर १८ फुटबल प्रतियोगीताको क्वाटरफाइनल समिकरण पुराभएको छ । footballसाेमबार भएको दुई खेलहरुबाट नेपाल पुलिस क्लब र सुदुरपश्चिम क्लब बिजयी भएसंगै क्वाटरफाइनल समिकरण पुरा भएको हो । साेमबारको पहिलो खेलमा नेपाल पुलिस क्लबले मोरङ फुटबल क्लबलाई १–० गोलअन्तरले पराजित गरेको थियो । आजको जितपछि समूह डि को विजेता बनेको पुलिसले क्वाटरफाइनलमा त्रिभुवन आर्मी क्बलसंग प्रतिस्पर्धा गर्नेछ । नेपाल पुलिस क्लब संग पराजित हुदै समुह उपविजेत बनेको मोरङले भने क्वाटरफाइनलमा जगदम्बा लुम्बीनि क्लब प्रतिद्धन्दि पाएको छ । त्यसैगरी आजै भएको अर्को खेलमा सुदुरपश्चिम क्लबले संकटा क्लबलाई २–१ गोलअन्तरले पराजित गरेको छ । जितसंगै समुह सिको बिजेता सुदुरपश्चिमले क्वाटरफाइनलमा झापा ११ संग प्रतिस्पर्धा गर्नेछ भने उपबिजेता संकटाले मनाङ मस्र्याङ्दी क्लबसंग प्रतिस्पर्धा गर्नेछ ।

Football Nepal

विशेष