औषधी पसलको अनुगमन, मापदण्ड विपरित संचालन भएका बन्द
झापाको भद्रपुरमा मापदण्ड विपरित संचालन भएका औषधी पसल बन्द गराइएको छ ।
औषधि व्यवस्था विभाग बिराटनगर, जिल्ला प्रशासन कार्यालय झापा, घरेलु तथा साना उघोग कार्यालयकोे सयुंक्त अनुगमन टोलीले दर्ता प्रमाणपत्र नभएका र प्रकृया नपुगेका ल्याब बन्द गराएको हो । टोलीले झापाको चन्द्रगढी र भद्रपुर क्षेत्रका औषधी पसलको अनुगमन गरेको थियो ।
अनुगमनमा चन्द्रगढीको युनिक आयुर्वैदिक औषधी पसल, सुभद्रा मेडिकल हल र मेची पब्लिक हेल्थ लेबोरेटरी सम्बन्धित निकायमा दर्ता तथा नविकरण नगरी संचालनमा रहेको पाइएकोले बन्द गराइएको थियो । टोलीले चन्द्रगढी भद्रपुर क्षेत्रमा रहेका ल्याब, डेन्टल,औषधी पसल, फार्मैसी लगायतको अनुगमन गरेको थियो ।