नया संविधान जनाताको संविधान बन्न सकेन
असार - ६ । नेपाल कम्युनिष्ट पार्टी क्रान्तिकारीका अध्यक्ष मोहन बैद्यले नया संविधान जनाताको संविधान बन्न नसकेको आरोप लगाए ।
आज काठमाण्डौमा राष्ट्रिय कार्यकर्ता भेलाको उद्घाटन गर्दै अध्यक्ष बैद्यले मधेशी, थारु, जनजाति तथा आदिवासी आन्दोलनमा रहेकै अवस्थामा ल्याइएको संविधानले सबैलाई समेट्न नसकेको आरोप लगाए।
केही आंशिक उपलब्धिहरु हासिल भए पनि क्रान्ति पुरा नभएको उनकाे भनाइ थियो । पुरानै तप्काका मानिसहरु सरकारमा हुनु र क्रान्तिकारीहरुलाई जेल जानु पर्ने व्यवस्थाका लागि क्रान्ति नभएको उनको स्पष्टोक्ति थियो । सर्वहाराहरुको हातमा शासन नआए सम्म क्रान्ति नसकिने उनले बताए । राष्ट्रिय भेला ९ गते सम्म चल्ने छ ।
mohan baidhya