फुड स्वास्थ्य

बच्चालाई ललिपप खुवाउंदै हुनुहुन्छ, होसियार !

बच्चालाई ललिपप खुवाउंदै हुनुहुन्छ, होसियार  !

lalipop बच्चाहरुले धेरै खाने ललिपपमा हानिकारक रसायन फेला परेको छ । ललिपपमा अखाद्य पदार्थ मिसाएर बिक्रि वितरण भइरहेको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले हालै गरेको अनुसन्धानवाट यस्तो प्रमाण फेला परेको हो । विभागले एसियन बिस्कुट एण्ड कन्फेक्सनरीको उत्पादन ललिपपमा अत्याधिक रुपमा शिसा र प्लास्टक मिसिएको बस्तु भेट्टाएपछि यसका बारेमा थप अनुसन्धान भएको विभागले जनाएको छ ।

बिक्री वितरणमा प्रतिबन्ध लगाएको छ । राष्ट्रिय उपभोक्ता मञ्चले उजुरी दिए पछि विभागले ललिपपमाथी अनुसन्धान सुरु गरेको हो। अनुसन्धानका क्रममा ललिपपमा चम्किने प्लाष्टिक शिशाषयुक्त रसायन पत्ता लागेपछि विभागले बिक्री वितरणमा रोक लगाएको हो । जनताको दैनिक जीवनसंग खेलवाड गर्ने यस्ता खाद्य उद्योगमाथि कडा भन्दा कडा कार्वाही गर्ने विभागले जनाएको छ ।

अज्ञात रसायनयुक्त ललिपप उपभोक्ताका लागि हानिकारक हुने भएका कारण त्यसको बिक्री वितरण प्रचलित खाद्य एन अनुसार विपरित हुने विभागले जानकारी दिएको छ। त्यस्ता ललिपप खरीद तथा उपभोग नगर्न विभागले उपभोक्तावर्गमा आग्रह गरेको छ।उत्पादक कम्पनीलाई ललिपप बिक्री वितरण रोक्का गरी बजारबाट फिर्ता गर्न पत्राचार सोमबार गरेको विभागले जानकारी दिएको छ।

Lalipop

विशेष