मनोरञ्जन स्वास्थ्य

अनुहार चम्काउने सजिलो उपाय

अनुहार चम्काउने सजिलो उपाय

आफ्नो छाला चम्किलो र सुन्दर बनाउने हरेकको इच्छा हुन्छ । अनुहार उज्यालो देखियोस् र उमेर पनि कम देखियोस् भनी धेरैले अनेक उपाय लगाइरहेका हुन्छन् । चम्किलो छाला पाउनका लागि धेरै टाढा भौंतारिनै पर्दैन । सजिलै उपलब्ध हुने दही छालामा लगाएर लगाएपछि छाला कसरी मुलायम र चम्किलो हुन्छ ? दहीका फाइदाहरू यस्तो छ ।

दहीले छालामा मस्चराइजरको काम गर्छ । बजारमा पाइने मस्चराइजरमा केमिकल मिसिएका हुन सक्छ । अनि अनुहार बिगार्न सक्छ तर दही लगाउँदा कुनै साइड इफेक्ट हुँदैन । यसले त्वचालाई मुलायम बनाउँछ ।

दहीमा उपलब्ध लेक्टिक एसिडले छालामा फेसियल मास्कको काम गर्छ र छालाभित्र रहेका विकारलाई बाहिर निकाल्छ । दहीमा गाजर, काँक्रो, मेवा जस्ता फलको रस मिसाएर छालामा लगाउँदा त्वचा चहकिलो हुन्छ । मौसम अनुसारको तरकारीको रस दहीमा मिसाएर छालामा लगाएपनि सुन्दर बनाउँछ ।

दहीमा कागतीको रस मिसाएर अनुहारमा लाउदा छालालाई ताजा बनाउछ । अनुहारमा भएका दाग हटाउनका लागि दहीमा बेसन मिसाएर लगाउनु फाइदाजनक हुन्छ । दहीले कपाललाई पनि मजबुत बनाउँछ ।

छाला रुखो छ भने आधा कप दहीमा सानो चम्चामा जैतुनको तेल र कागतीको रस मिसाएर अनुहारमा लगाएर मनतातो पानीले मुख धोएपछि छाला नरम हुन्छ । दहीले अनुहारका अलावा नङ र कपाललाई पनि फाइदा पुर्याउँछ । हप्ताको दुईचोटि कपालमा दही लगाउँदा सुखा र निर्जीव जस्तो देखिने कपाल पनि चम्किलो हुन्छ ।

Health Tips

विशेष