काबुलबाट उड्यो शब बोकेको विमान शोकमग्न विमानस्थल (फोटो फिचर)

अफगानिस्तानमा मारिएका नेपालीको शब बोकेको बिमान काबुलबाट काठमाडौंका लागि उडेको छ । तालीबानीको आत्मघाती बम बिष्फोटमा सोमबार मारिएका १२ नेपालीको शब ल्याउन सरकारले आज चाटर्ड बिमान काबुल पठाएको थियो । बिमानमा अफगानिस्तानमा कार्यरत केही नेपालीपनि फर्किइको बताइएको छ । सरकारले फर्कन चाहने नेपालीलाई फिर्ता ल्याने जनाएको थियो । तीनबजेको आसपासमा नेपाल बायुसेवा निगमको चाटर्ड बिमान त्रिभुवन विमानस्थलमा ओर्लने छ । शब बुझ्नका लागि प्रधानमन्त्री केपी ओली विमानस्थल जांदैछन् । मृतकका परिवारजन र आफन्त विमानस्थल पुगेका छन् । त्रिभुवन विमानस्थल शोकमग्न छ ।




