क्रोएसिया र स्पेन अन्तिम सोह्रमा

असार - ८ । युरोकप फुटबल प्रतियोगितामा क्रोएसिया र स्पेन अन्तिम सोह्रमा प्रवेश गरेका छन् ।
समूह डी बाट विजेता र उपविजेताका रुपमा क्रमशः क्रोएसिया र स्पेन नकआउट चरणमा पुगेका हुन् । स्पेनलाई दुई–एक गोल अन्तरले हराएपछि क्रोएसिया समूह डीको विजेता बन्यो । खेलको सातौ मिनेटमा अल्भारो मोराटाको गोलमार्फत स्पेनले अग्रता लियो । ४५ औं मिनेटमा क्रोएसियाका निकोला कालिनिकले गोल गर्दै खेल एक–एकको बराबरी बनाए । ८७ औं मिनेटमा क्रोएसियाका इभान पेरिसिकले गोल गरेपछि क्रोएसियालाई दुई एकको जित दिलाए । यससंगै स्पेनले नकआउट चरणमा इटलीलाई प्रतिद्वन्द्वी पाएको छ ।
Uro cup
