ताजा खबर प्रवास रोजगार

मृतकका परिवारलाई क्षतीपुर्ती: सरकारद्वारा १० लाख, कम्पनीबाट ५५ लाख !

मृतकका परिवारलाई क्षतीपुर्ती: सरकारद्वारा १० लाख, कम्पनीबाट ५५ लाख !

kabul-accident-7 सरकारले अफगानिस्तानको राजधानी काबुलमा सोमबार भएको आत्मघाती आक्रमणमा परेर मृत्यु भएका परिवारलाई बिमा र अन्य रकम गरी कूल दश लाख रुपैयाँ उपलब्ध गराउने भएको छ ।

श्रम मन्त्री दिपक बोहोराले विशेष परिस्थिति भएकाले गैर कानुनी रुपमा अफगानिस्तान गएका मृतकका परिवारलाई समेत दश लाख रुपैयाँ उपलब्ध गराउने बताएका छन । वैधानिक रुपमा नेपाल बाहिर काममा जानेले अनिवार्य रुपमा बिमा गर्नुपर्ने व्यवस्था छ । मृतकका परिवारलाई क्षतीपुर्तीको रुपमा पाँचलाख रुपैया बिमा, वैदेशिक रोजगार प्रवर्दधन बोर्डको कल्याणकारी कोष मार्फत दिइने तीन लाख र थप दुइ लाख गरी जम्मा दश लाख रुपैया दिइने श्रममन्त्री दिपक बोहोरा बताउँछन् । ‘अमानवीय आतंककारी आक्रमणमा मारिएको यो विशेष परिस्थिति भएकाले हामीले अवैधानिक रुपमा गएको भएपनि हरेक मृतकका परिवारलाई दश लाख रुपैया उपलब्ध गराउनेछौं । हामी रकम घर घरमा पुर्याइदिने छौ ।’ बोहराले नेपाल आजसंग भने । बैधानिक रुपमा जाँदा मृत्यु भए दश लाख रुपैया पाउने गरी बिमा गर्नुपर्ने नयाँ व्यवस्था छ । बैशाख अघि त्यो रकम पाँच लाख रुपैया थियो ।

उनीहरु ब्रिटिश कम्पनी मार्फत क्यानडेली दूतावासमा काम गर्ने भएकाले रोजगारदाता कम्पनीले पनि बिमा गरेको हुनुपर्ने र त्यो वापत मृतकका परिवारले थप रकम पाउने सम्भावना छ । मृतकका परिवारलाई कम्पनीले ५० हजार डलर (झण्डै ५५ लाख नेपाली रुपैयां) दिने मौखिक रुपमा जानकारी दिएको काबुलबाट फर्किएका सुरक्षा गार्ड शुकबहादुर तामाङले बताए ।

Prabas Roajar Taliban Attact

विशेष