खेल

रोनाल्डोको आक्रोश संचारकर्मीमाथि

रोनाल्डोको आक्रोश संचारकर्मीमाथि
असार – ९ । जारी युरोकप फुटबल प्रतियोगितामा आफ्नो टोली पोर्चुगलले समूहगत चरणमै जितका लागि संघर्ष गर्नुपरेको छ । त्यसको सबैभन्दा बढी दबाब कप्तान क्रिस्टियानो रोनाल्डोलाई परेको छ । [caption id="attachment_7803" align="alignnone" width="750"]ronaldo Agency[/caption] रोनाल्डोले बुधबार हंगेरीविरुद्धको खेलअघि आफूसँग अन्तर्वाता लिन आएका सञ्चारकर्मीमाथि दुर्व्यवहारसमेत गर्न पछि परेनन् । उनले सञ्चारकर्मीको माइक्रोफोन नै खोसेर नजिकै रहेको पोखरीमा फ्याँकिदिए । रोनाल्डोले खेलको तनाव आक्रोशकारुपमा संचारकर्मीसँग पोखेका छन् । रोनाल्डो आफू बसेको होटल परिसरमा आफ्ना सहकर्मीसँगै पोखरीतिर घुम्न निस्किएका थिए । त्यसैबेला पोर्चुगिज भाषा बोल्ने एक सञ्चारकर्मी उनी नजिक पुगेर प्रश्न गर्न थाले । ती सञ्चारकर्मीले ‘के तपाईँ हंगेरीविरुद्धको खेलका लागि तयार हुनुहुन्छ ?’ रोनाल्डोसँग प्रश्न सोधेका थिए । तर रोनाल्डोले ती सञ्चारकर्मीको प्रश्नको जवाफ दिएनन् । आफ्ना सहकर्मीसँगै त्यहाँबाट निस्किए । जारी युरोकप फुटबलमा टोलीलाई अगाडी बढाउन नसकेपछि रोनाल्डो निकै दबाब र तनावमा देखिएका थिए । पोर्चुगल प्रतियोगिताको समूहगत चरणको आफ्नो सुरुवाती दुई खेलमा जितबिहीन बनेको थियो । समूह चरणको अन्तिम खेलमा हंगेरीविरुद्ध दुई गोल त गरे जित भने दिलाउन सकेनन् । यद्यपि पोर्चुगल तीन खेलमै बराबरी खेल्दै उत्कृष्ट तेस्रो चार टीममा परेर अन्तिम १६ मा पुग्न सफल भयो । पोर्चुगलले आइसल्यान्डसँग १–१ र अष्ट्रियासँग गोलरहित बराबरी खेल्दा रोनाल्डोले टोलीका लागि गोल गर्न सकेका थिएनन् । जारी युरोकपमा टोलीका दुई खेलमा लागि गोल गर्न असफल बनेका रोनाल्डोले तेस्रो खेलमा दुई गोल गरे । पहिलो खेलमा बिपक्षी टोलीविरुद्ध नकारात्मक टिप्पणी गरेर उनी आलोचित बनेका थिए । रोनाल्डोले आइसल्यान्डले खेल अवधिभर रक्षात्मक खेल खेलेको र फुटबलमा त्यो संकीर्ण मानसिकता भएको तर्क पनि गरेका थिए । रोनाल्डोले आइसल्यान्डले पहिलो खेल बराबरीमा टुंग्याए पनि युरोकप नै जितेजस्तो गरी खुसीयाली मनाएको प्रतिकृया दिएका थिए ।

Ronaldo

विशेष