समाज

१७ जनालार्इ तन्नेरी सम्मान तथा पुरस्कार

१७ जनालार्इ तन्नेरी सम्मान तथा पुरस्कार

असार - १० । साहित्य क्षेत्रमा योगदान पुर्याउने विभिन्न स्रष्टालाई आज यहाँ सम्मान तथा पुरस्कृत गरिएको छ ।

medal-of-circular-shape-with-a-star-hanging-of-a-ribbon_318-47066‘तन्नेरी’ द्वैमासिक पत्रिकाले आयोजना गरेको कार्यक्रममा पशुपक्षी विकासमन्त्री शान्ता मानवीले ‘आरपी तन्नेरी पुरस्कार–२०७२’ बाट डा घनश्याम न्यौपाने, ‘निर्मलादेवी गौतम तन्नेरी प्रतिभा पुरस्कार–२०७२’ बाट नरेश शाक्य र ‘पुष्कर गौतम तन्नेरी बालसाहित्य पुरस्कार–२०७२’ बाट ललिता जोशीलाई पुरस्कृत गर्नुभयो । ती पुरस्कारको राशि क्रमशः रु २० हजार, रु १५ हजार र रु १० हजार छ । यसैगरी ‘विशिष्ट तन्नेरी कृति सम्मान–२०७३’ प्रा राजेन्द्र सुवेदी, युवराज पाण्डे र अमर शाहलाई प्रदान गरिएको थियो । ‘विशिष्ट तन्नेरी सम्मान–२०७१’ साहित्यतर्फ रोचक घिमिरे, प्रा डा विष्णुराज आत्रेय, मणिराज सिंह र उद्धव भट्टराई तथा प्रशासनतर्फ मोहनकृष्ण सापकोटा, राजेन्द्रप्रसाद नेपाल, चूडामणि शर्मा, गङ्गा तिमिल्सेना, रामप्रसाद धिताल, रामप्रसाद पोखरेल र कर्णबहादुर रानाभाटलाई प्रदान गरिएको थियो । सो अवसरमा मन्त्री मानवीले साहित्य नै समाज विकासको मापन भएको बताए । नेपाल प्रज्ञा–प्रतिष्ठानका सदस्य सचिव प्रा डा जीवेन्द्रदेव गिरीले ‘तन्नेरी’ पत्रिकाले नेपाली साहित्यमा दिएको योगदान सराहनीय जानकारी दिए। कार्यक्रममा डा राजेन्द्र सुवेदीको ‘समकालीन नेपाली उपन्यास’, युवराज पाण्डेको ‘समयका चित्र’ कथासङ्ग्रह र अमर शाहको ‘यात्रा र घुम्ती’ कवितासङ्ग्रह लोकार्पण गरिएको थियो ।

tnderi prize

विशेष