यौन-शिक्षा समाज

अाकाशे पुलनै याैन व्यापारकाे केन्द्र 

अाकाशे पुलनै याैन व्यापारकाे केन्द्र 

काठमाडाै‌  । काठमाण्डौका विभिन्न आकशे पुलहरुमा यौन किनबेच गर्ने स्थल बनेका छन् ।

अधिकारका लागि अभियान नामक संजालले तीन महिनासम्म गरेको स्थलगत अध्ययनले कलंकी, गोंगबुलगायतका स्थानका आकाशे पुलमा बालबालिकादेखि युवतीहरुसम्मलाई यौन कार्यमा सेटिङ गर्दै गर्दाको तथ्य पत्ता लगाएको हो ।  भुकम्पपीडित गाउँबाट आएका, आर्थिक अवस्था कमजोर भएका र साथीसंगीको लहैलहैमा भागर सहर प्रेवश गरेका बालिकाहरुलाई यौनकार्यमा संलग्न हुने गरेको संजालले जनाएको छ । ११ देखि १८ वर्षका किशोरी सडक बालिका र लागूपदार्थका दुव्र्यसनीहरु यौनकार्यमा लागेको पाइएको छ ।

अत्यन्त न्युन आर्थिक अवस्था भएका, गर्भवती र एकलमहिलासमेत यौन कार्यमा संलग्न रहेको अध्ययनमा संलग्न एमएमएसडी नेपालकी अध्यक्ष रुपा शर्मा नेहाले बताइन । ग्राहकले यौनकार्यसँग मोलमोलाइ गरिरहेको देख्न, सुन्न र अनुभव गर्ने सक्ने अध्ययनमा संलग्न छोरी नामक संस्थाकी अध्यक्ष हीरा दाहालले बताइन् । आकशे पुलमुनि आउने ग्राहकमा प्रहरी, सेना, सवारी मजदुर र विद्यार्थी वढी छन् ।

अन्नपूर्ण पाेष्ट

sex problem

विशेष