खेल

युरोकपको समूह चरणको खेलमा के के भयो ?

युरोकपको समूह चरणको खेलमा के के भयो ?
Uefa-euro-2016-logo-2असार – ११ । १५औँ संस्करणको युरोकपको समुह चरणको खेलहरु सकिइसकेको छ । गएको जुन १० देखि सुरु भएको युरोकपको १५औं संस्करणको समूह चरणका ३६ खेलबाट शीर्ष १६ टोलीले नकआउट चरणमा पुगे भने ८ टोली प्रतियोगिताबाट बाहिरिए । यसबीचमा प्रतियोगितामा देखिएका केहि दृश्यहरु, केहि कीर्तिमान र केहि सफलताका बारेमा यहाँ उल्लेख गरिएको छ । pic 1 खेलाडी ज्लाटन इब्राहिमोबीचले बुधबार बेल्जियमबिरुद्धको समूहको अन्तिम खेलसँगै राष्ट्रिय टोलीबाट ११६ क्याप जिते । प्रतियोगितापछि सन्यासको घोषणा गरिसकेका उनले स्वीडेन समूहबाटै बाहिरिएपछि राष्ट्रिय टोलीबाट यो नै उनको अन्तिम खेल हुनपुग्यो । उनले राष्ट्रिय टोलीबाट ६२ गोल गरेका छन् ।त्यसमध्ये ६ गोल उनले पछिल्ला ३ युरोकपमा गरेका थिए । यस युरो कपमा भने उनले गोल गर्न सकेनन् । स्पेनिस डेभिड सिल्भाले समूह चरणमा चेक रिपब्लिकबिरुद्धको खेलसँगै राष्ट्रिय टोलीबाट १०० क्याप जिते । पोर्चुगलका नानीले पनि भोलि हुने क्रोएशियाबिरुद्धको खेलसँगै राष्ट्रिय टोलीबाट १०० खेलको कोशेढुंगा पार गर्नेछन् । ronaldo हंगेरीका गोलकिपर गावोर किराली युरोकपका सबैभन्दा पाका खेलाडी हुन् । ४० बर्ष ७४ दिनका उनले समूहको पहिलो खेलमा अष्ट्रियाबिरुद्ध मैदानमा उत्रँदै पाका खेलाडीको कीर्तिमान राखेका थिए । पछिल्ला दुई संस्करणदेखि हंगेरीको पोष्ट संहालिरहेका उनले कम्तिमा ४ बर्षका लागि यो कीर्तिमान आफुमा सुरक्षित गरेका छन् । हंगरीका जोल्टन गेरा युरोमा गोल गर्ने दोस्रो पाका खेलाडी हुन् । ३७ बर्ष ६२ दिनका उनीभन्दा अगाडि अष्ट्रियाका इभिका भास्टिकमात्र छन् । गेराले पोर्चुगलबिरुद्ध गोल गरेका थिए । सुपरस्टार क्रिष्टियानो रोनाल्डोले समूहको अन्तिम खेलमा प्ररणादायी प्रदर्शन गर्दै पोर्चुगललाई नकआउट चरणमा र्पुयाएका थिए । त्यस खेलमा २ गोल गरेका उनी युरोकपका लगातार चार संस्करणमा गोल गर्ने पहिलो खेलाडी बनेका छन् । उनले २००४ यताका सबै संस्करणमा गोल गरेका छन् । nani गोल स्पेनका अल्भारो मोराटा र वेल्सका ग्यारेथ बेल एडिडास गोल्डेन बुटको दावेदारितामा अरुभन्दा अगाडि छन् । उनीहरु दुवैले समूह चरणमा ३र३ गोल गरेका छन् । ७ जना खेलाडीले २र२ गोल गरेका छन । जसमध्ये रोमानियाका बोगडान स्टान्कुमात्र प्रतियोगितामा छैनन् । रोमानिया समूह चरणबाटै बाहिरिएको छ । हंगेरीका कप्तान बालास डिसुज्साकले पोर्चुगलबिरुद्ध गरेको फ्रिकिक गोल प्रतियोगिताको चौथो डाइरेक्ट फ्रिकिक गोल हो । र यो युरोकपको कीर्तिमान हो ।यसपटक युक्रेन प्रतियोगितामा १ गोल पनि गर्न नपाइ बाहिरियो । सन् १९९६ मा टर्कीलाई र २००० मा डेनमार्कलाई पनि यस्तै भएको थियो । Soccer Euro 2016 Italy Sweden टोली यस युरोको समूह चरणमा स्पेन क्रोएशियासँग २-१ ले र्हायो । युरोकपमा त्यो पछिल्लो १२ बर्षपछिको स्पेनको पहिलो पराजय हो । पछिल्ला दुई संस्करणको च्याम्पियन स्पेन पछिल्लो पटक सन् २००४ को युरोमा पोर्चुगलसँग १-० ले हारेको थियो । यसै संस्करणदेखि युरोमा डेब्यु गरेका पाँचमध्ये चार टोली नकआउट चरणमा प्रबेश गर्न सफल भए । आइसल्याण्ड, नर्दन आयरल्याण्ड, स्लोभाकिया र वेल्स अन्तिम १६ मा छनौट हुँदा अल्वानिया भने समूह चरणबाट माथि उक्लन सकेन । Germany players pose for a team photo prior to the Euro 2016 group D qualification soccer match against Georgia in Leipzig, Germany October 11, 2015.   REUTERS/Fabrizio Bensch  - RTS408M  

Uro cup

विशेष