के हो मेसीको दाह्री रहस्य ?
असार – ११ । अर्जेन्टिना कोपा अमेरिका फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । फाइनल प्रवेशका लागि अमेरिकाविरुद्ध फ्री किकबाट सुन्दर गोल गर्दै अर्जेन्टिनाका लागि सर्वाधिक ५५ गोल गर्ने खेलाडी बन्दै विश्वचर्चित फुटबलर लियोनेल मेसीले नयाँ उचाईं पनि हासिल गरेका छन् । मेसी अहिले उनको दाह्रीका कारण चर्चामा छन् ।
यसअघि बार्सिलोना या अर्जेन्टिनाबाट खेल्दा सफाचट भएर चिल्ला गालामा मैदानमा उत्रने मेसी यो पटक झुस्स खैरा दाह्रीमा देखिएका छन् । सधैं सफाचट देखिने मेसीले दाह्री पालेपछि धेरै नसुहाएको टिप्पणी पनि गरिरहेका छन् । अर्जेन्टिनालाई लगातार सफल बनाइरहेका मेसीले पालेको दाह्रीका कारण प्रशंसकमा उत्सुकता बढेको छ ।
मेसी साधरणतया आफ्नो ’चकलेटी’ लुकले परिचित छन् । तर अब उनले पालेको दाह्रीले उनका समर्थकमा भने दिनप्रतिदिन उत्सुकता बढाइरहेको छ । मेसीले आफ्नो स्वरुप परिवर्तन गर्नैका लागि दाह्री पालेका हुन् वा अरु पनि केही कारण छ ? मेसीका करोडौं फ्यानको दिमागमा अहिले यो प्रश्न घुमिरहेको छ । तर मेसीले दाह्री पाल्नुको कारणबारे ’गोलमोटोल’ जबाफ दिएर प्रशंसकको उत्सुकता झनै बढाइदिएका छन् ।
अन्तराष्ट्रिय सञ्चारमाध्यमका अनुसार मेसीले कोपा अमेरिकाको फाइनल खेल अगाडि दाह्री नकाट्ने दृढता लिएका छन् । समाचारअनुसार मेसीको दाह्रीसँग अमेरिकामा जारी कोपा अमेरिकामा अर्जेन्टिना अहिलेसम्म पाएको सफलताको रहस्य जोडिएको छ ।
मेसी कोपा अमेरिकाको फाइनलमा पुगेजस्तै अब चिलीलाई हराउँदै उपाधि नै चुम्नेतर्फ केन्द्रित भएका छन् । सोही कारण उनले कोपा अमेरिकाको फाइनल अगाडि मेसीले दाह्री नकाट्ने निर्णय लिएका हुन् ।
२८ वर्षीय मेसीले आफूले दाह्री काट्न खोजे पनि आफ्ना फुटबलर साथीहरुले काट्नै नदिने प्रतिक्रिया दिएका छन् । उनले यस्तो प्रतिक्रिया दिएपछि उनको दाह्रीबारेको रहस्य अझै बढाएका छन् ।
अर्जेन्टिना सेमिफाइनलमा आयोजक अमेरिकालाई ४ः० ले पराजित गर्दै फाइनलमा पुगेको हो । उसले यो पटक गत संस्करणको बिजेता चिलीसँग उपाधिका लागि भिडन्त गर्नेछ । अर्जे्न्टिना र चिलीबीच कोपा अमेरिकाको सयौं संस्करणको फाइनल भिडन्त यही आइतबार हुँदैछ ।
kopa a
missi