फुड

कस्तो कस्तो हुन्छ मम ?

कस्तो कस्तो हुन्छ मम ?
momo मम खाने चलन चीनबाट सुरु भएको हो । मम अहिले विश्वभरि नै प्रख्यात छ । पछिल्लो समय नेपालमा मम खानेको सङ्ख्या एकदम धेरै छ । छिटो र सजिलो भएकाले धेरै मानिसको रोजाईमा पर्छ । यसलाई आफ्नो इच्छा अनुसारको फरक फरक स्वादमा खान सकिन्छ । स्टीम मम स्टीम मम सबैभन्दा पुरानो शैलीको मःम हो । यसमा मःम को बास्तबिक स्वाद आउँछ । यो चाहिँ ठूलो देखि सानो सबैखाले होटल रेस्टुराहरुमा पाईन्छ । कोथे मम स्टीम गरिसकेपछि मःम लाई तातो तावामा अलिकति तेल राखेर एकतीर मात्र फ्राई गरिएको मःम नै कोथे हो जसको आकार प्रायः लाम्चो हुन्छ र यसलाई भेज वा ननभेज दुवै स्वादमा खान सकिन्छ । चिल्ली(सी) मम मम लाई स्टीम गरिसकेपछि गोलभेडाको लेदो र खुसार्नीको अचार राखेर तयार पारिन्छ । यो मःम पिरोहुने भएकाले यसलाई सी मःम भन्ने गरिएको हो । फ्राइड वा स्टीम फ्राइड मम फ्राइड ममलाई सिधै तेलमा राखी नर्मल वा डिप आफ्नो स्वाद अनुकुल फ्राई गरेर खान सकिन्छ । स्टीम फ्राइड पहिला ममलाई स्टीम गर्ने अनि फ्राई गर्ने । झोल मम मम लाई स्टीम गरिसकेपछि पीरो, अमिलो झोल बनाएर पाकेको मम लाई उक्त झोलमा डुबाएर खान सकिन्छ । ओपन मम ओपन ममभित्र भएको किमा लाई बाहिरबाटै स्पष्ट देखिन्छ, प्रायः मम बन्द आकारको हुने हुनाले यो अरुभन्दा अलि भिन्न छ । ग्रीन मम मम को रङ हरियो हुने भएकाले ग्रीन मम भनिएको हो । यो रङको मम मैदामा पालुङगोको धुलोपिठो मिसाएर बनाइन्छ । यसलाई पनि फरक–फरक स्वादमा खान सकिन्छ ।

mama

विशेष