मनोरञ्जन

बलिउड निर्देशकबाट नेपाली लघुचलचित्रकाे विषयवस्तु चोरी

बलिउड निर्देशकबाट नेपाली लघुचलचित्रकाे विषयवस्तु चोरी

असार – १२ । फिल्मको कन्सेप्ट चोरी गर्नु चलचित्र उद्योगमा कुनै नौलौ विषय हैन र यस्तो चोरी सामान्यतया चलचित्र उद्योगमा हुने गर्दछ । एउटा चलचित्रको प्रभाव अर्को चलचित्रमा परेको, कथा तथा उद्देश्य एउटै भएको समाचार बारम्बार आउने गर्दछ । यतिबेला यस्तै एउटा घटना भएको जसमा नेपाली लघुचलचित्रको कन्सेप्ट, विषयवस्तु र घटनालाई भारतीय चलचित्र निर्देशकले चोरी गरेका छन् ।

 

भारतीय चलचित्र उद्योगका चर्चित चलचित्र निर्देशक सुरेश कुन्दरले नेपाली चलचित्रको विषयवस्तु र प्रस्तुतिको चोरी गरेको घटनाले यतिवेला वलिउडमा तहल्का मच्चिएको छ । सलमान खान र अक्षयकुमारजस्ता बलिउड हस्तीलाई लिएर हिट चलचित्र निर्देशन गरिसकेका निर्देशक कुन्दर आफ्नो मानसिक गरिबीका कारण यतिवेला विवादमा परेका छन् । उनी भारतीय मिडियामा आलोचनाको शिकार भैरहेका छन् । कुन्दर चर्चित बलिउड निर्माता तथा कोरियोग्राफर फराह खानका पति हुन् ।

बलिउडका निर्देशकले कन्सेप्ट चोर्नै पर्ने चलचित्र भने २४ वर्षीय नेपाली युवा अनिल न्यौपानेले बनाएका हुन् । अनिल न्यौपानेले २०१५ मा निर्माण गरेर १२ फेब्रुरुअरी २०१६ मा रिलिज गरेको लघु चलचित्र ‘बब’बाट कुन्दरले कन्सेप्ट चोरी गरी‘कृति’ नामक लघु चलचित्र निर्माण गरेका हुन् । कुन्दरको कृति २०१६ जुन २२ मा मात्रै रिलिज भएको छ ।

anil neupane bob movie faraha khan kriti movie coped nepali movie suresh kundar

विशेष