खेल

आयोजक फ्रान्स क्वाटर फाइनलमा प्रवेश

आयोजक फ्रान्स क्वाटर फाइनलमा प्रवेश
uro cup 1 असार - १२ । आयोजक फ्रान्स आयरल्याण्डलाई २–१ गोल अन्तरले हराउंदै युराकपको क्वाटर फाइनलमा प्रवेश गरेको छ । uro cup 2 घरेलु मैदानम भएको खेलमा आयोजक फ्रान्सले निकै दबाबका बिच खेल आफ्नो पक्षमा पार्न सफल भयो । पहिलो हाफको ८ औं मिनटमा आयरल्याण्डले पेनाल्टी गोल मार्फत अग्रता दिलाएपछि घरेलु समर्थकमाझ निकै दबाबमा आएको फ्रान्स पहिलो हाफमा १–० गोल अन्तरले पछाडी परेको थियो । दोस्रो हाफको ५८ औं मिनेटमा ग्रीजमानले गोल गर्दै खेललाई बराबरीमा ल्याए त्यसको ४ मिनेट पछाडि नै उनले व्यक्तिगत अर्को गोल थप्दै आयोजक फ्रान्सलाई जीद दिलाउन सफल भए । जीत संगै आयोजक फ्रान्स अन्तिम ८ मा प्रवेश गरेको छ भने आयरल्याण्ड प्रतियोगिताबाट बाहिरिएको छ । uro cup 3    

Uro Cup 2016

विशेष