खेल

........ अनि लिए मेसीले सन्यास – भिडियो सहित

........ अनि लिए मेसीले सन्यास – भिडियो सहित

Me अर्जेन्टिनाका कप्तान लियोनल मेसी सुपर स्टार खेलाडी हुन् । उनकै नेतृत्वमा अर्जेन्टिनाले धेरै खेलमा फाईनलमा पुगेको छ । अन्तर्राष्ट्रिय फुटबलका महान हस्ती मेसीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषण गरेका छन । जारी कोपा अमेरिकाको फाईनलमा चिली संग पराजीत भएसंगै मेसीले सन्यासको घोषणा गरेका हुन । अकस्मात उनले दिएको सन्यासले फुटबल जगतमा बहस सिर्जना गरेको छ ।

18

मेसीलाई अर्जेन्टिनीभन्दा बढी स्पेनी भएको आरोप लाग्ने गर्छ । उनी १३ वर्षको छँंदै क्याटलन क्लब बार्सिलोना पुगेका थिए । उपचार खर्चको अभावपूर्तिका लागि रोजारियो छाडेका उनी ला मसिया (बार्सिलोनाको एकेडेमी) मा आफ्नो कौशल निखार्दै विश्व फुटबलकै ठूला स्टार बनेका हुन् । उनी आफूलाई अर्जेन्टिनी मान्छन् । तर, उनले नागरिकता भने स्पेनको लिएका छन् । उनी स्पेनी पासपोर्ट लिएर यात्रा गर्छन् । तर उनले अन्तर्र्रािष्ट्रय फुटबलमा भने उमेर समूहदेखि नै निरन्तर अर्जेन्टिनाबाट खेल्दै आएका थिए । भर्खर २९ औं वर्षमा प्रवेश गरेका उनले जति खेलेका थिए बार्सिलोना र अर्जेन्टिना लागि मात्र खेलेका थिए । तर उनको लगभग सबै उपलब्धि भने बार्सिलोनासँग जोडिएको छ । उनले क्लब फुटबलमा जित्न बाँकी केही राखेनन् ।

उनका जितेका उपाधीहरु

स्पेनी ला लिगा (८), कोपा डेल रे (४), स्पेनी सुपर कप (६), युरोपेली च्याम्पियन्स लिग (४), युईएफए सुपरकप (३) र फिफा क्लब विश्वकप (३) गरी २८ उपाधि बासिलोनासँग जितेका छन् । उनले सन् २००५ मा अर्जेन्टिनी युवा टिमबाट यू–२२ विश्वकप जिते । त्यसमा सर्वोत्कृष्ट खेलाडी नै भएका उनी सिनियर टिममा पनि निरन्तर रहन थाले । उनको करिअरले उचाइ लिइरहेको थियो । अर्जेन्टिना २००७ को कोपा अमेरिकाको फाइनलमा पुग्यो । तर, मेसीको टिम फाइनलमा ब्राजिलसँग ३–० ले हारेको थियो । यसलाई अन्तर्र्रािष्ट्रय फुटबलमा मेसीको युगको सुरुआतको रूपमा लिइएको थियो । मेसी बार्सामा भने झन् उत्कृष्ट भइरहेका थिए । यू–२३ टिमबाट बेइजिङ ओलम्पिक २००८ मा स्वर्णपदक जित्दाका हिरो मेसी नै थिए । उनकै नेतृत्वमा अर्जेन्टिना ब्राजिलमा दुई वर्षअघि भएको विश्वकपको फाइनल पुगेको थियो । तर, मारियो गोत्जले अतिरिक्त समयमा गोल गरेपछि जर्मनीले फाइनलमा अर्जेन्टिना र मेसीलाई १–० ले निराश पारेको थियो ।

अर्जेन्टिना कोपा अमेरिका २०१५ को फाइनल पनि पुगेको थियो । टाइब्रेकरमा सफलता हात पार्दै चिलीले शताब्दीकै पहिलो उपाधि जित्दाको सिकार पनि अर्जेन्टिनालाई नै बनाएको थियो । त्यस सिजनमा बार्साका लागि ५८ गोल गरेलगत्तै भएको कोपामा उनी ६ खेलमा गोलविहीन भएका थिए । त्यसैले पनि उनलाई अर्जेन्टिनीभन्दा बढी स्पेनी भएको आरोप चर्काउँदै लगियो । अर्जेन्टिनी समर्थकले मेसी मैदानमा खेलिरहँदा उनीविरुद्ध हुटिङ नै गरे । त्यसैले हुन सक्छ, उनले स्पेनी भूमिमा भए पनि चिया–खाजादेखि जीवनशैली अर्जेन्टिनी नै भएको स्पष्टीकरण दिए ।

आफ्नो जति विरोध भए पनि उनी चुपचाप रहे । हुन त उनी मैदानमा पनि कहिल्यै उग्र देखिएका छैनन् । पीडा त उनलाई कति हुँदो हो? उनलाई नै थाहा छ, हामी अनुमान मात्र गर्न सक्छौं । उनी मिडियासँग कमै बोल्छन बढी खेलेरै देखाउँछन् मात्र ।

उनले विश्वकै सर्वोत्कृष्ट फुटबलरको अवार्ड फिफा ब्लोन डिअर कीर्तिमान पाँचपल्ट जितेका छन् । ला लिगा र बार्सिलोनाको इतिहासकै सर्वाधिक गोलकर्ता पनि उनी नै हुन् । विश्वकप २०१४ को सर्वोत्कृष्ट खेलाडी हुँदै गोल्डेन बल कब्जा गरेका उनी गत वर्ष कोपा अमेरिकामा पनि सर्वोत्कृष्ट खेलाडी चुनिएका थिए । तर, उनले उक्त व्यक्तिगत अवार्ड लिन अस्वीकार गरिदिएका थिए । त्यस बेला उपवेजताको सिल्भर मेडल पनि उनले घाँटीबाट तुरुन्तै निकालेका थिए । सर्वकालीन महान् फुटबलरको रूपमा हेरिएका उनले अन्तर्राष्ट्रिय फुटबलमा उपाधिविहीन हुनुको पीडा त्यस बेला यसरी फेसबुक स्ट्याटसमा लेखेका थिए, ‘फाइनलमा हार्नुभन्दा ठूलो पीडा फुटबलमा अरू हुन्न ।’ उनको टिम अहिले फेरि फाइनलमा नै चुकेको छ । फेरि उपाधी जित्ने मेसीको लक्ष्य चिलीले नै तहसनहस पारिदिएको छ ।

कोपाको पहिलो खेलमा अर्जेन्टिनाले चिलीलाई २–१ ले हराएको थियो । तर, त्यसमा मेसी खेलेका थिएनन् । चोटमुक्त हुँदै पनामाविरुद्ध दोस्रो हाफमा मैदानमा ओर्लिएका उनले १९ मिनेटभित्र ह्याट्रिक गरेका थिए । उनले क्वाटरफाइनलमा भेनेजुएलालाई ४–१ र सेमिफाइनलमा आयोजक अमेरिकालाई ४–० ले परािजत गर्दा एक–एक गोल गरेका थिए । उनले अमेरिकाविरुद्ध फ्रि–किकमा ‘टप बार’मा गरेको गोल विशिष्ट थियो । म्याराडोनाको शक्तिमा अर्जेन्टिनाले विश्वकप जित्दा मेसी जन्मिएका पनि थिएनन् । बाटिस्टुटाको सानदार खेलमा दक्षिण अमेरिकी च्याम्पियन हुँदा मेसी ६ वर्षका मात्र थिए ।

पेनाल्टी जसका कारणले लिए मेसीले सन्यास

कोपा अमेरिकामा निर्धारित ९० मिनेटको खेल र अतीरिक्त समयको ३० मिनेटको खेल गोलरहित बराबरीमा सकियो । गत संस्करण जस्तै यसपाली पनि खेल पेनाल्टीमा नै गयो । पेनाल्टिमा अर्जेन्टिनाले राम्रो सुरुवात गर्यो तर चिलीको पहिलो प्रहार अर्जेन्टिनाको गोलरक्षकले बचाए पनि मेसीको गल्तीले उपाधी चिलीले कुम्ल्यायो ।

मेसीको फाइनलको हार ह्याट्रिक भएको छ । व्यक्तिगत उपलब्धि उनको आवश्यकता होइन । उनलाई टिमको उपाधि चाहिएको थियो । तर यसपटक पनि उनी सफल भएनन् । अर्र्जेिन्टना १९९३ को कोपायता पहिलो उपाधि जित्ने लक्ष्य झनै लम्बिएको छ । अन्तर्र्रािष्ट्रय उपाधि नजितेकाले नै मेसीलाई सर्वकालीन महान् खेलाडीमा डिएगो म्याराडोना र पेलेसँग दाँज्न नमिल्ने तर्क गरिन्छ । पेले र म्याराडोनाले पनि दक्षिण अमेरिकी च्याम्पियनसिप जितेका थिएनन् । तर, विश्वकपमा पेलेको टिम ब्राजिल ३ पल्ट र म्याराडोनाको अर्जेन्टिना १९८६ मा च्याम्पियन भएका थिए । तर मेसीको सन्यास संगै उपाधिको खडेरी तोड्दै आफ्नो करिअरलाई पूर्णता दिने अवसरमा पनि पुर्णबिराम लागेको छ ।

के भन्छन नेपाली प्रशिक्षक

नेपाली फुटबलका सर्बाधिक सफल खेलाडी, कप्तान तथा प्रशिक्षक हुन राजुकाजी शाक्य । उनकै नेतृत्वमा नेपालले २३ बर्षपछि साफ च्याम्पियन सिपमा स्वर्ण पदक जित्न सफल भएको थियो । उनी भन्छन ‘मेसीको बास्तबमै राम्रो खेलाडी हुन् । समग्रमा उसको खेल हेर्ने हो भने समकालिन खेलाडीहरुको उत्कृष्ट खेलाडी हो ।

तिन पटक सम्म फाईनलमा पुगेर हार्नु महान खेलाडीको लागि बास्तबमै पीडादायी हुन्छ, जुन शब्दमा ब्यक्त गर्न सकिदैन ।’ उनी थप्छन ‘एउटा महान खेलाडीले आफ्नो राष्ट्रको लागी उपािध जित्न नसक्दा नैतिक रुपमा कमजोर हुन्छ , झन मेसी त लामो समयदेखी आफ्नो देशको सर्मथकबाट आलोचित छन । त्यसैले उनले सन्यास दिए, उनलाई अब थाहा भो फुटबलमा भाग्य पनि चाहिने रहेछ । फुटबलमा लामो समयसम्म हार्दा त्यस्तो भावना आउछँ, मैले पनि साफ च्याम्पियन नजिते सन्यास लिने बिचार गरेको थिए तर मेरो हकमा त्यो लागर भएन ।’

राजुकाजी शाक्य जस्तै फुटबल विश्लेषकहरुको एउटै आवाज छ, महान खेलाडीले लामो समयसम्म महत्वपुर्ण गेम हार्दा सन्यास लिनु नौलौ होइन । किनकी महान खेलाडीहरु हारेपछि नैतिक रुपमा कमजोर हुन्छन, लामो समयसम्मको आलोचनाले उनीहरु कमजोर भईसक्छन । मेसीको हकमा त्यस्तै भएको छ । किनकी उनले क्लबको लागी धेरै पदक जिते तर देशका लागी बारम्बार चुके । त्यसबाट उनी यती आलोचित भए की सन्यास नै लिनु पर्यो ।

एजेन्सीको सहयोगमा प्रस्तुती –सागर बुढाथोकी

र याे पनि

मेस्सीले लिए अन्तर्राष्ट्रिय खेलबाट सन्यास, समर्थकहरु स्तब्ध

Messi

विशेष