स्वास्थ्य

कतै तपाईलाई पनि क्यान्सर भएको त छैन ?

कतै तपाईलाई पनि क्यान्सर भएको त छैन ?

जीवनको सबभन्दा ठूलो सत्य हो मृत्यु । जन्मेपछि मर्नु पर्छ । तर हामी हाम्रो जिन्दगानीलाई अमर जस्तै मानेर र क्षणिक रमाइलोमा आफैलाई बिर्सन्छौँ । बुझ्नु पर्ने सबभन्दा महत्वपूर्ण कुरा, हाम्रो अमूल्य जिन्दगीसँग खेलवाड गरिरहेका छौँ । त्यसैले हाम्रो सानो लापरवाहीको कारणले गर्दा मृत्युसँग सम्झौता गर्न पुग्दछौँ । अनि यो सुन्दर संसारबाट अकालमा नै बिदा हुन्छौँ । तथ्यांकले यस्तै भन्छ, मान्छेको मृत्यु हुने प्रमुख कारण लापरवाही हो । हाम्रो सानो लापरवाहीको कारणले गर्दा क्यान्सर जस्तो खतरनाक रोगले जन्म लिन्छ । क्यान्सर रोगबाट वर्षेनी विश्वमा करिव ८० लाख मृत्यु हुने गरेको विभिन्न तथ्यांकले बताउँछन् । संसारमा वर्षेनी १ करोड ४० लाख व्यक्ति क्यान्सर रोगबाट पीडित हुने गरेको अनुमान छ । अमेरिकन क्यान्सर सोसाइटीको अध्ययनअनुसार अमेरिकामा पनि क्यान्सर रोगी धेरै छन । क्यान्सरबाट मृत्यु हुनेको अझैसम्म अमेरिका जस्तो देशमा पनि स्पष्ट तथ्यांक छैन । तर क्यान्सर बोकेर लगभग ११ लाख व्यक्ति हालसम्म बाँचिरहेको सोही अध्ययनले के अनुमान गरेको छ । सन् २०३० सम्ममा विश्वभर २३ करोड ६० लाख व्यक्ति यो रोगबाट पीडित हुनेछन् जुन संख्या प्रत्येक ३ व्यक्तिमा एक क्यान्सर बिरामीको हुन आउँछ । अमेरिकन क्यान्सर सोसाइटीले अनुमान गरेको छ । अझ सवैभन्दा दुःखलाग्दो कुरा त के छ भने यो रोगको ३ चौथाई मार हाम्रो जस्तो गरिव र विकासशील राष्ट्रमा हुने गरेको छ । नेपालको क्यान्सरसम्वन्धी खासै तथ्यांक नभए पनि वर्षेनी करिव ५० हजार नेपालीलाई यो रोग लाग्ने विशेषज्ञहरु बताउछन् । एक अनुसन्धानअनुसार नेपालमा विभिन्न कारणले ८० प्रतिशतभन्दा बढी रोगीले रोग पत्ता लागेको एक वर्षभित्र ज्यान गुमाउँछन् । हाम्रो देशमा पाठेघर, पाठेघरको मुख, फोक्सो, पाचन प्रणाली, महिलाको स्तन, रगत, ग्लाण्ड, प्रोष्टेट ग्रन्थी, हड्डी, आदिको क्यान्सर बढी मात्रामा देखिने । गरेका छन् । ७५ प्रतिशतभन्दा वढी क्यान्सर ५५ वर्ष या त्यसभन्दा माथिको उमेरमा लाग्ने गरेको देखिन्छ । नेपालको सन्र्दभमा क्यान्सरको सम्भावना अत्यन्तै बढी छ । खानपान, लगायत हाम्रो जीवनशैलीले पनि क्यान्सर निम्त्याउने खतरा वढी र यसको परिणाम अत्यन्तै घातक सिद्ध हुन जान्छ । सानो तिनो घाउचोट र शरीरमा आएको गिर्खाले क्यान्सर उत्पन्न गराउन सक्छ । विशेष गरी नेपाली महिलाहरु पाठेघर र स्तनमा क्यान्सर भएर धेरैले अकालमा ज्यान गुमाएका छन । के हो क्यान्सर ? क्यान्सर के हो ? खास परिभाषा छैन । रोग लागेपछि बाँच्न गाह्रो हुने भएकोले यो रोगलाई गँगटोको संज्ञा पनि दिइन्छ । प्राकृतिक नियमअनुसार हाम्रो शरीरमा रहेका अरबौं संख्यामा कोषिकाहरु बन्ने र बिग्रने क्रम चलिरहेको हुन्छ । यसै क्रममा विभिन्न प्रकारका वातावरणीय विकारको असरले प्राकृतिक नियम तोडिन पुग्छ । सामान्य भाषामा भन्दा कोषिकाहरु नियन्त्रण बाहिर पुगेर वढ्न थालेको अवस्थालाई क्यान्सर भन्न सकिन्छ । क्यान्सरले गर्दा अर्कै प्रकारका कोषिकाहरु बन्ने क्रम शुरु हुन्छ । क्यान्सर लागेपछि कोषिका वढाउने तत्वले कुनै नियम मान्दैन र आफ्नै सुरले बढ्दै जान्छ । तर, मानव शरीरबाट आफूलाई चाहिने सवै तत्वहरु भने खपत गर्दै जान्छ । किन हुन्छ क्यान्सर क्यान्सर हुने खास कारण आजसम्म पत्ता लागेको छैन । तैपनि ५० प्रतिशत जति क्यान्सर हामीले खाने खानाको कारणले लाग्ने गर्दछ । यीमध्ये धेरैजसो क्यान्सर बोसोयुक्त मासु, पोलेको मासु आदि खाएर मोटाएर तथा धूमपान, मदिरा सेवान आदिको कारणले लाग्ने गर्दछ । चुरोटले मात्र पनि करीव ३५ प्रतिशत क्यान्सर हुने जोखिम हुन्छ । अरु बाँकी कारणमा एचआईभी÷एड्स, हेपाटाइटिस बी, एचपीभी भाइरस, एच.पाइलोरी आदि रहेका छन् । अरु जस्तै विकीरण उत्पन्न हुने क्षेत्रमा काम गर्ने, रंग्याउने रसायन, एसबेस्टस तथा प्रदूषित वातावरण पनि क्यान्सरका प्रमुख कारक तत्व मानिन्छ । क्यान्सर भएको कसरी थाहा पाउने अमेरिकी क्यान्सर सोसाइटीले लामो अध्यनपछि क्यान्सरका लक्षण प्रकाशित गरेको छ । यीमध्ये कुनै पनि लक्षण देखापरेमा क्यान्सर भएको हुनसक्छ ।
  • खाना अपच वा निल्न गाह्रो भएमा,
  • स्तन वा अन्य ठाउँमा नदुख्ने गिर्खा आएमा,
  • निको नहुने गरी खोकी वा स्वर धोक्रो भएमा,
  • कोठीको आकार बढेर ठूलो हुँदै गएमा,
  • निको नहुने घाउ भएमा,
  • घाउबाट अत्याधिक रक्तस्राव या पीप आएमा,
  • दिशा वा पिसावको तालिका फेरिएमा,
क्यान्सर रोकथाम कसरी गर्ने
  • क्यान्सर रोगको औषधी गर्नुभन्दा रोग नै लाग्न नदिनु उत्तम मानिन्छ । तथा यसका कारक तत्वहरुवाट टाढा हुनु निकै राम्रो हुन्छ ।
  • कतिपय वस्तु वा खाद्य पदार्थको प्रयोगमा कमी गरेर पनि रोगको रोकथाम गर्न सकिन्छ ।
  • क्यान्सर धनी, शिक्षित, गरीब जुनसुकै समाज र राष्ट्रमा जो सुकैलाई जुनसुकै बेला लाग्नसक्छ ।
  • त्यसैले क्यान्सरजन्य कारक तत्वबाट पर बस्न सकेमा यो रोगबाट बँच्न तथा टाढा रहन सकिन्छ ।
क्यान्सर उपचार विधि क्यान्सरको उपचार प्रायः तीन प्रकारका विधि प्रयोग गरेर गर्ने गरिन्छ ।
  • रेडियोथेरापी (विकीरणद्वारा)
  • केमोथेरापी (औषधि प्रयोग गरेर)
  • रोगको प्रकृतिअनुसार हर्मोन र बायोलोजिकल प्रोडक्टअनुसार पनि क्यान्सरको उपचार गर्न सकिन्छ ।

क्यान्सरबाट बाँचेकाहरु नेपाली मुलकी भारतीय अभिनेत्री मनीषा कोईराला पनि क्यान्सर रोगी हुन् । नोभेम्बर २०१२ मा उनलाई सन्चो भएन, झाडापखाला लागिरह्यो, ज्वरो आइरह्यो । फुड पोइजनजस्तो लागेर एन्टिबायोटिक खाइन् । तर निको भएन । हुँदा–हुँदा शरीर गल्दै गयो । आत्मशक्ति हरायो । अनि त अस्पताल नगई धरै पाइनन् । उनलाई क्यान्सर भएको अस्पतालको परीक्षण गरेपछि थाहा पाइन । डाक्टरको मुखबाट खसेको क्यान्सर शब्दले उनलाई चमकदमक संसारबाट निष्पट अँध्यारोमा धकेल्यो । त्यसपछि उनले क्यान्सर रोग विशेषज्ञ सुरेश आडवाणीलाई भेटिन् । आडवाणीले सीटी स्क्यान गरेर क्यान्सर भएको प्रष्टै देखाइदिए । डाक्टरले उनलाई क्यान्सर लास्ट स्टेजमा रहेकाले मुस्किलले दुई वर्ष बाच्न सक्ने समय तोकिदिए । उनले हिम्मत हारिनन् रोग छ, भने त्यसको उपचार पनि छ, सक्नेजति उपचार किन नगर्ने भनेर अमेरिका उडिन् । सोल केट्रिनमा अस्पतालमा उपचार गराउने निधो गरिन् । मनीषा उपचारर्थ भर्ना भएको अस्पतालका सर्जन चि डेनिस ‘जीवनदाता’ बनेर आए । चिले उनको ९९ प्रतिशत क्यान्सर अप्रेसन गरेर निकाल्न सफल भए । त्यही कारण आजसम्म उनी बाँचिरहेकी छिन । अन्तिम अवस्थामा पुगेको भनिए पनि मनीषा नाटकीय रूपमा क्यान्सर मुक्त भइन् । ३० अप्रिल २०१३ बाट उनले नियमित औषधी खानु परेको छैन । ६–६ महिनामा मुम्बइमा चेक गराउँछिन् । मानसिक सन्तुष्टिका लागि डाक्टरसँग सल्लाह लिन वर्षमा एकपटक न्युयोर्क पुग्छिन् । उपचारका क्रममा मनीषाले पर्याप्त रुपमा क्यान्सरको बारेमा पढ्ने र बुझ्ने मौका पाइन । क्यान्सर रोगको सफलतापूर्वक उपचार गरेका व्यक्तिहरुको जीवनी पढेर मनोवल बढाइन । त्यसबाट नकारात्मक सोचेर वा रोएर रोग निको हुँदैन भन्ने ज्ञान पाइन् र सकारात्मक सोच विकास गरिन् । र मृत्युको मुखबाट सुन्दर संसारमा आइन् । मनिषा त एउटा उदारण मात्र हुन । क्यान्सरलाई सफलतापुर्वक जित्ने धेरै छन । बेलैमा उपचार गरेर निको भएका साधारण व्यक्तिहरु पनि छन । दिबंगत पूर्वप्रधानमन्त्री शुशिल कोईरालाले पनि क्यान्सरको सफलतापुर्वक उपचार गरिएको थियो । बलिउड अभिनेत्री एन्जेलिना जुली पनि क्यान्सरबाट बनच्ने मध्यकी एक हुन । क्यान्सरबाट बच्ने मानिस खोज्न धेरै टाढा जानु पर्दैन हाम्रो समाजमा धेरै छन । तर क्यान्सरबाट मर्नेको तुलनामा भने यो अत्यन्त कम हुन्छ । क्यान्सरबाट बच्नेको कथा सुन्दा प्रष्ट थाहा हुन्छ क्यान्सर नै मृत्यु होइन । राम्रोसंग उपचार गरे यसबाट बाँच्न अवस्य पनि सकिन्छ । angelina-jolie एजेन्सीको सयोगमा सागर बुढाथोकी

र याे पनि

Anjelina Joli Cancer disease manisha koirala susil koirala

विशेष