खेल

पुलिस र एपिएफ समूह विजेता बन्दै सेमिफाइनलमा

पुलिस र एपिएफ समूह विजेता बन्दै सेमिफाइनलमा
असार - १३ । राष्ट्रिय महिला भलिबल प्रतियोगितामा नेपाल पुलिस क्लब र सशस्त्र प्रहरीको एपिएफ क्लब समूह विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेका छन् । valliball शेरबहादुर खड्का स्मृति प्रतिष्ठानको आयोजनामा सञ्चालित प्रतियोगितामा दुवै टोलीले अपराजित रहँदै अन्तिम चारमा स्थान बनाएका हुन् । त्यस्तै समूह चरणमा एक जित एक हारको नतिजा निकालेका न्यू डायमन्ड र पश्चिमाञ्चल भलिबल टिमसमेत उपविजेताको रुपमा सेमिफाइनलमा प्रवेश गरेका छन् । अब सेमिफाइनलमा एपिएफले न्यू डायमण्ड र पुलिसले पश्चिमाञ्चलसँग खेल्नेछन् । राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा आज भएको लिग खेलमा एपिएफले दोहोरो सफलता निकाल्यो । पहिलो खेलमा एपिएफले पश्चिमाञ्चलाई २५–८, २५–१६ र २५–१५ को सोझो सेटमा हरायो भने अर्को खेलमा उसले जावलाखेल भलिबल ट्रेनिङ सेन्टरलाई २५–१४, २५–५ र २५–४ ले पराजित गर्यो । त्यस्तै, पुलिसले त्रिभुवन आर्मी क्लबलाई २५–१५, २५–२२ र २५–१५ को सोझो सेटमा हरायो । सेमिफाइनल खेल मङ्गलवारदेखि शुरु हुनेछ ।  

mahila valleyball police club

विशेष