जननेता मदन भण्डारी
असार १४ अर्थात नेपाली राजनीतिका महान नेता मदन भण्डारीको जन्म भएको दिन । विक्रम सम्बत २००९ साल असार १४ गते ताप्लेजुङको ढुंगेसांघुमा जन्म भएको थियो । नेपाली राजनीतिमा महान छाप छोडेर गएका जननेता मदन भण्डारीले विक्रम सम्बत २०२८ सालमा राजनीतिमा औपचारीक रुपमा प्रवेश गरेको पाइन्छ । जनताको बहुदलिय जनवादभन्ने नाराका साथ राजनीतिमा प्रवेश गरेका नेता भण्डारीको २०५० साल जेठ ३ गते चितवनको दास ढुंगामा सावारी दुर्घटनमामा परी निधन भयो । नेता भण्डारीकी धर्मपत्नी विद्या भण्डारी नेपालको पहिलो महिला राष्ट्रपतिका रुपमा छन् भने उनका दुई छोरी रहेका छन् ।
Madan Bhadari