Technology

कसरी हटाउने मोबाइलको भाइरस

कसरी हटाउने मोबाइलको भाइरस

Mobile Virus ईन्टरनेटको सुविधा भएका सबै एन्ड्रोइड फोनहरुमा भाईरसले सताउन सक्छ । भाइरसका कारण कतिपय अवस्थामा मोबाइलका महत्वपूर्ण डाटाहरु नै डिलिट हुने समस्या हुन्छ । मोवाइलबाट भाईरस हटाउने विभिन्न उपायहरु छन् । ती मध्ये फ्याक्ट्री रिसेट गर्न सकिन्छ ताकी मोवाईलमा रहेको भाइरस लामो समयसम्म हटाउन सकियोस । यसले अन्य डाटा तथा फाईलहरुलाइ डिलिट गर्ने समस्या सिर्जना गर्न सक्छ ।

भाईरस हटाउने धेरै तरिकाहरु छन् ।

सबैभन्दा पहिले आफ्नो मोवाईल फोनमा गुगल प्लेस्टोर भन्दा अन्य डाउनलोड गरिएका ऐपहरु पत्ता लगाउनुपर्छ । त्यस पश्चात भाइरस इन्सटल गरी स्क्यान गर्ने मोवाइलको सेफ मोड क्लिक गरी मोवाइलमा रहेका फाइलहरु आवश्यक अनुरुप छानेर डिलिट गर्नु पर्दछ । मोवाइल सेफ मोडमा रहँदा मोबाइल सुरक्षित रहने गर्दछ । एन्ड्रोइड ४.० वा त्यस पछिका अपरेटिभ सिस्टममा सजिलैसँग स्मार्ट फोनलाई सेफ मोडमा लैजान सकिन्छ । उक्त सिस्टमका मोवाईललाई अफ गरि केहि समय अफ बटन दबाई राख्नुपर्छ ।

जब आफ्नो मोवाईलको लोगो देखापर्छ भोल्युमदेखि तल र माथि बटन दबाइराख्नुपर्छ, जबसम्म टेक डिभाइसको रिबुटिङ पूरा हुँदैन । त्यति बेलासम्म मोवाइल सेफ मोडमा रहन्छ । मोवाइलको अनअफ बटनलाई दबाइराख्ने त्यसपछि मोवाईलको ओके बटन दबाउने जसले मोवाइललाई सेफ मोडमा बुट गराउदछ । त्यस पछि मोवाइलमा डाउनलोड गरिएका अनावश्यक फाइलहरुलाई हटाउनु पर्दछ । यसरी मोवाइलमा रहेको भाईरस हटाउन सकिन्छ ।

Mobile Virus

विशेष