फुड

सिस्नु खानुका फाइदाहरु

सिस्नु खानुका फाइदाहरु

 नेपालमा अहिलेसम्म तीन–चार प्रकारका सिस्नु भेटिएका छन् । भेटिएका सबै प्रजाति सेवन गर्न मिल्छ । पहाडी क्षेत्रमा पाइने सिस्नु बूढो र छिप्पेको सेवन गर्न लायक हुंदैन । कलिलो, फूल या मुना मात्र सेवन गर्नु राम्रो हुन्छ ।

सिस्नु पकाउने तरिका

अहिले सिस्नुको पिठो बजारमा सजिलै किन्न पाइन्छ । सुप बनाउन एकजना मानिस बराबर एक वा डेढ चम्चा सिस्नुको पाउडर उपयुक्त हुन्छ । मकै, गहुँ या अन्य कुनैको एक चम्चा पिठोको रेसियोमा आधा चम्चा सिस्नुको पिठो मिक्स गर्ने । त्यसमा एक चम्चाबराबर एकदेखि डेढ चिया गिलास पानीमा राम्रोसँग फिटेर उमाल्ने । उमाल्ने क्रममा आफ्नो चाहनाअनुसार नुन, खुर्सानी, लसुन, टिमुर आफ्नो इच्छाअनुसारको मसला प्रयोग गर्न सकिन्छ ।

सिस्नुमा बेसार प्रयोग गर्दा राम्रो हुँदैन

पात वा मुना कलेक्सन गरेर सफा गर्ने । पातको मात्राअनुसार सिस्नु पानीमा उमाल्दै पकाउने । सिस्नु पकाउँदा फिट्केले फिट्दै उमाल्दै पकाउने । मुना वा सिस्नु राम्रोसँग नपाकेसम्म निरन्तर फिटिराख्दा राम्रो हुन्छ । सो घोल अलि बाक्लो सुपजस्तो भएपछि त्यसलाई सेवन गर्न सकिन्छ । सिस्नुको मुना र फूललाई तरकारीको रूपमा पकाउन सकिन्छ । यसलाई आफूलाई मनपरेको अन्य तरकारीसँग मिसाएर खान सकिन्छ । सिस्नुको पिठो अहिले बजारमा सजिलै पाउन सकिन्छ । त्यस्तै, पिठो दाल पकाउँदा मिसाएर पनि सेवन गर्न सकिन्छ । वनपाखामा पाइने भएकाले पात र मुना खाँदा सरसफाइमा भने ध्यान दिनुपर्छ । यसलाई आगोको धुवाँ लगाएर किरा फट्यांग्रा हटाउने चलन पनि छ ।

परम्परागत चलन

मानिस वा पशुको हातखुट्टा भाँचिएमा सिस्नुको लेपन लगाएर काम्रो बाँध्ने चलन विद्यमान छ । सिस्नु खुवाउन थालेपछि चाँडो निको हुने हामीले देखेका भोगेका पनि छौँ । सिस्नु खाएर हुर्किएका बच्चाको हड्डी बलियो पनि हुन्छ । सिस्नुको मुन्टालाई दानाका रूपमा खुवाएको कुखुराले तुलनात्मक रूपमा धेरै अन्डा पार्ने, मासु स्वादिलो हुने र अन्डासमेत गुणस्तरीय हुने देखिएको छ । सिस्नुबाट तयार पारेको दाना खाएको कुखुराले साधारण दाना खाएको कुखुराले भन्दा दोब्बर बढी अन्डा दिने गरेको पनि अनुसन्धानबाट खुलेको छ । सिस्नु खुवाएको बंगुरको तौल नखुवाएकोभन्दा धेरै भएको र मासुसमेत स्वस्थ रहेको पाइएको छ । सिस्नुलाई दानाको रूपमा खुवाइएको गाईको दूधको परिमाण र दूधमा चिल्लो पदार्थको मात्रासमेत उल्लेख्य वृद्धि हुने गरेको अनुसन्धानले प्रमाणित गरेको छ । सिस्नु खाँदा हाडजोर्नीलगायतका शरीरका विभिन्न रोगको निदान हुने विश्वास छ ।

सिस्नु सेवनका फाइदा

विभिन्न आयुर्वे्दिक जडीबुटीसम्बन्धी पुस्तकअनुसार सिस्नुमा प्रशस्त मात्रामा आइरन हुन्छ । यसले गर्भवती महिला तथा बालबालिकालाई राम्रो गर्छ । यसमा फाइबर र लसिलोपना बढी हुन्छ, जसले गर्दा खाना पचाउन सजिलो बनाउँछ । रोग प्रतिरोधात्मक क्षमता पनि प्रशस्त भएको पाइएको छ । मधुमेहका रोगीमा घाउचोट लागेमा निको नहुने सम्भावना धेरै हुन्छ । सोही कारण क्यान्सर पनि हुनसक्छ । सिस्नु सेवन गर्दा त्यस्तो घाउ चाँडै निको हुन्छ

Sisno

विशेष