Technology शेयर

नेप्सेको सफ्टवेयर खरिद प्रक्रिया अन्यौलमा

नेप्सेको सफ्टवेयर खरिद प्रक्रिया अन्यौलमा
असार - १४ । सफ्टवेयर आपुर्ति गर्न छनौट भएको कम्पनी वाइसिओ (पहिलेको योमोरी) ले जिल्ला अदालतमा नेपाल स्टक एक्स्चेन्ज (नेप्से) र नेपाल धितोपत्र बोर्डलाई समेत विपक्षी बनाएर मुद्दा दायर गरेपछि नेप्सेको सफ्टवेयर खरिद प्रक्रिया अन्यौलमा परेको छ । softwere नेप्सेले धितोपत्र बोर्डले दिएको निर्देशन सहितको पत्र वाइसिओलाई पठाएपछि वाइसिओ अदालत गएको हो । नेप्से र वाइसिओबीच भएको संझौता अनुसार काम पाउनुपर्ने वाइसिओको दावी छ । नेपाल धितोपत्र बोर्डले केही महिनाअघि अन्तर्राष्ट्रियस्तरमा टेष्टेड सफ्टवेयर खरिद गर्न र अन्तराष्ट्रिय कारोबार गर्न मिल्ने सफ्टवेयर किन्न निर्देशन दिएको थियो । नेप्सेले हाल प्रयोग गरिरहेको सफ्टवेयर पुरानो भएकाले नयाँ सफ्टवेयर खरिद गर्न नेप्सेले गत वर्षदेखि नै प्रक्रिया सुरु गरेको थियो । नयाँ सफ्टवेयर किन्ने विषयमा संसदको लेखा समितिमा निवेदन हालेपछि लेखा समितिले छलफल नै नगरि नेप्सेलाई प्रक्रिया अघि बढाउन अनुमति दिएको बताइएको छ । सफ्टवेयर आपुर्तिमा वाइसिओ छनौट भएपछि दुई पक्षले संझौता गरेका थिए । नेप्सेले करिब २० करोड रुपैयाँको सफ्टवेयर खरिद गर्न लाग्दा धितोपत्र बोर्डले सर्त राखेपछि नेप्से यो संझौता अनुसार अघि बढ्न सकेको थिएन । मुद्दाका कारण नयाँ सफ्टवेयर खरिद प्रक्रिया निकै ढिला हुने संभावना बढेको छ ।

nepse

विशेष