मनोरञ्जन

कान्छी बनेर जाने अभिनेत्रीहरु

कान्छी बनेर जाने अभिनेत्रीहरु

गरिमा पन्त : केहि समय अघि मात्र नायिका गरिमा पन्तले आफूले विवाह गरेको खबरको फोटो फेसबुक मार्फत सार्वजनिक गरेकी हुन् । लामो समयदेखि हरि शर्मा थपलियाको प्रेममा रहेर उनीसगैँ विवाह गरेकी गरिमा हरिकी दोस्री श्रीमती बनेकी हुन् । बेल्जीयमका व्यापारी हरिको पहिला पनि एक विवाह भइसकेको थियो ।

 

मिथिला शर्माः अभिनेत्री मिथिला शर्मा सिने उद्योगकी सफल अभिनेत्री हुन् । उनको नशा–नशामा अभिनय दौडिरहेको छ । नृत्यमा अब्बल अभिनेत्री मिथिलाको अभिनयमा गहिराइ भेटिन्छ किनकि उनी निकै खुलेर परिस्थिती अनुसारको अभिनय गर्छिन् । उनले दर्जनौँ सुपरहिट सिनेमामा काम गरेकी छिन् । झन्डै डेढ वर्ष अघि मात्रै नेपाल पुलिसका चिफ मोतिलाल बोहोरासगँ उनले विवाह गरिन् । उनी मोतिलालको घरमा दास्रो पत्नी भएर भित्रिएकी हुन् । नेपाल पुलिस क्लबमा मिथिलाले नृत्य प्रस्तुत गर्दा गर्दै मोतिलालले मिथिलालाई मन पराउन थालेका थिए । पहिला नै विवाहित मोतिलाल ७४ वर्षका भए भने मिथिलाले पनि पाँच दशक काटिसकेकी छिन् । पहिलो पत्नीको मृत्यु पछि मोतिलालले मिथिलासगँ विवाह गरका हुन् । केहि समयसम्म प्रेममा रहेको यो जोडिले आफ्नो प्रेमलाई अदालतमा गएर विवाहमा परिणत गरेका थिए । Rekha-Thapa-and-Chabbi-Ojha-together-at-Family-Party

रेखा थापाः रेखा थापाले सिनेमा क्षेत्रमा निकै हिम्मतवाली र सफल अभिनेत्रीको रुपमा आफ्नो स्थान बनाएकी छन् । निरन्तर सक्रिय रेखाले आफ्नो वैवाहिक सम्बन्धलाई भने निरन्तरता दिन सकिनन् । उनी किशोर अवस्थामै रहँदा निर्माता छवि ओझाकी दोस्री पत्नी बनिन् । उमेरको धेरै अन्तरका बाबजुद उनले छवि ओझासगँ वैवाहिक सम्बन्ध गाँसेकी थिइन् तर सम्बन्धलाई टिकाउन भने सकिनन् । छविसगँको सम्बन्ध टुटेपछि उनको नाम अभिनेता सुदर्शन गौतमसगँ जोडिएको थियो । सिनेमा हिम्मतवालीका नायकसगँको उनको प्रेमको हल्ला निकै चलेकोे थियो तर त्यो हल्ला विस्तारै सेलाउँदै गयो । रेखा अभिनेत्रीबाट निमात्री बनिन्् र निमात्रीबाट निर्देशक पनि बनिसकेकी छिन् ।

 

संचिता लुइटेलः ३२ वर्षिय अभिनेत्री संचिता लुइटेलले सन् २००९मा अभिनेता निखिल उपे्रतीसगँ दास्रो विवाह गरेकी हुन् । दास्रो विवाह गरेकी संचिता निखिलको घरमा पनि दास्रो श्रीमती भएर भित्रिएकी थिइन् । पहिला नै विवाहित निखिल र संचिताको प्रेम विवाह भएको हो । निखिलले संचितासगँ विवाह गर्नु पहिला नै उनको जेठी श्रीमतीसगँको सन्तान भइसकेको थियो । निखिलको पहिलो विवाह पनि प्रेम विवाह भएको थियो । संचिताले आफ्नो अभिनयबाट सबैको मन जितेकी छिन् । उनले कोहि मेरो, अफ्सरा, दाग, माया त माया हो, नाइ नभन्नु ल ३ लगायतका सिनेमामा काम गरेकी छिन् । निखिलसगँको विवाह पछि दुइ सन्तानकी आमा बनेकी संचीता हाल सिनेमा जगतमा नै सक्रिय छिन् ।

 

सौजन्य सुब्बा: झापामा जन्मेकी मोडल तथा अभिनेत्री सौजन्य पूर्वप्रधानमन्त्री लोकेन्द्र बहादुर चन्दका छोरा भूपेन चन्दकी दास्रो पत्नी हुन् । पहिला नै विवाहित भूपेनले सौजन्यसगँ दोस्रो विवाह गरेका हुन् । मोडलिङ, टेलिसिरियल र सिनेमामा आफ्नो राम्रै छवि बनाएकी अभिनेत्री सौजन्यको विवाह अघिको प्रेमले भने राम्रो छवि बनाउन सकेको थिएन । उनी चर्चा र विवादमा आइरहन्थिन् ।

 

सुस्मिता केसीः अभिनेता भूवन केसीकी दोस्री पत्नीका रुपमा भित्रीएकी सुस्मिता केसी वैवाहिक जीवन सफल हुन नसकेकी अभिनेत्री हुन् । सुस्मिताले भूवन केसीको तर्फबाट छोरा अनमोललाई जन्म दिइन् । अनमोल अहिले नेपाली सिनेमाामा नायकका रुपमा स्थापित भइसकेका छन् । अनमोलले धेरै फ्यानहरु बनाएका छन् । सिनेमाबाट हराएको करिब पाँच वर्ष पछि सुस्मिता नेपाली सिने जगतमा फर्किएकी छिन् । उनले आफ्नो छोरा अनमोल केसीसगँ मिलेर सिनेमा ‘म त तिम्रै हुँ’ बनाएकी छिन् । सिनेमामा उनी नायिकाको भूमिकामा देखिने छिन् । सुस्मिताले नेपाली बाबु, करोडपति लगायतका सिनेमामा काम गरेकी छिन् । एजेन्सीको सहयोगबाट

bhuban kc garima pant mithila sharma Nepali Actoress nikhil upreti rekha thapa sanchita luitel susmita kc

विशेष