खेल

राष्ट्रिय महिला भलिबलको उपाधि एपीएफलाई

राष्ट्रिय महिला भलिबलको उपाधि एपीएफलाई
असार - १५ । एपीएफ क्लबले यति फलोरिं राष्ट्रिय महिला भलिबल प्रतियोगीताको उपाधि बुधवार जितेको छ । त्रिपुरेश्वर स्थित राष्ट्रिय खेलकुद परिषदको कभर्ड हलमा भएको फाइनलमा एपीएफले पुलिसलाई २५–१६, २५–२० र २५–११ ले हरायो । khel विजेता एपीएफले १ लाख रुपैया, दोस्रो भएको पुलिसले ६० हजार र तेस्रो भएको डायमन्डले ४० हजार पाएको छ । प्रतियोगितामा एपीएफकी सरस्वती चौधरी सर्वोत्कष्ट खेलाडीबाट पुरस्कृत भइन । सरस्वतीले १५ हजार र बुद्ध एयरको माउन्टेन फलाइट टिकट प्राप्त गरिन । प्रशिक्षकमा एपीएफका सुदेश कुमार रिमालले ट्रफी पाए । khel 2 उत्कृष्ट खेलाडिको नगद सौजन्य अम्बिका शर्माले गरेकी थिईन् । यसैगरी प्रतियोगितामा न्यु डायमन्ड एकेडेमीकी प्रतिभा माली उत्कृष्ट स्पाइक, एपीएफकी नेविका चौधरी उत्कृष्ट सर्भर, एपीएफकी उषा विष्ट उत्कृष्ट ब्लकर, एपीएफकी बिनिता बुढाथोकी उत्कृष्ट सेटर, नेपाल पुलिस क्लबकी कमला पुन उत्कृष्ट डिफेन्स भइन् । असार १२ देखी सुरुभएको प्रतियोगितामा विभागीय टोली एपिएफ, पुलिस, न्यु डायमन्ड, त्रिभुवन आर्मी क्लब, पश्चिमाञ्चल र जावलाखेल भलिबल प्रशिक्षण केन्द्रले प्रतिस्पर्धा गरेको थिए । एपिएफ प्रतियोगिताको साविक विजेता हो । गत वर्ष पहिलो संस्करणको फाइनलमा एपिएफले न्यु डायमन्ड एकेडेमीलाई हराएको थियो ।

AFP ratirya valleyballa. yati floring

विशेष