खेल

अन्डर एटिन फुटबलको उपाधि आर्मीलार्इ

अन्डर एटिन फुटबलको उपाधि आर्मीलार्इ
असार - १५ । ललित स्मृती अन्डर एटिन फुटबलको उपाधि नेपाली आर्मीलाई, पेनाल्टी सुटआउटमा लुम्बिनी फुटबल क्लब ३–१ गोल अन्तरले पराजित । lalit smriti 3 ललित स्मृती अन्डर एटिन फुटबल प्रतियोगिताको उपाधी नेपाली आर्मी क्लबले जितेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा भएको खेलमा आर्मीले लुम्बिनीलाई ३–१ गोल अन्तरले पराजित गरेको हो । निर्धारित समयमा दुवैतर्फबाट १–१ गोलको बराबरी भएपछि पेनाल्टी सुटआउटबाट खेलको निर्णय गरिएको थियो । lalit smirti पेनाल्टीमा आर्मीका गोल रक्षक अर्पण कार्कीले आर्मीका दुइ पेनाल्टी छेकेका थिए । लुम्बिनीका गोल किपर सन्देश गुरुङले पनि दुइवटा पेनाल्टीको उत्कृष्ट बचाउ गरेपनि टिमका अन्य खेलाडीहरुले गोल गर्न नसम्दा लुम्बिनी हार्न बेहोर्न बाध्य भयो । उपाधिसंगै आर्मीले ३ लाख रुपैया“ प्राप्त गरेको छ । उपबिजेता लुम्बिनी क्लबले डेढ लाख रुपैयां प्राप्त गर्यो । अखिल नेपाल फुटबल संघ एन्फाका तत्कालिन कार्यबाह अध्यक्षा ललित कृष्ण श्रेष्ठको बार्षिक स्मृतीमा एन्फाले प्रतियोगिताको सुरुवात गरेको हो । lalit smriti 2

lalit smirti football tribhuban army club

विशेष