उच्च रक्तचाप तपाईलाई पनि हुन सक्छ
स्वास्थ्य जीवन जिउनु सबैको चाहना हुन्छ । स्वास्थ्य रहन धेरैले प्रयास गरे पनि सबै सफल हुदैन । मानिसको आफ्नै विबस्ताको कारणले गर्दा विभिन्न रोगले सताइरहेको हुन्छ । कति मानिस सचेत हुदाँहुदै पनि रोग लाग्छ भने कसैले आफ्नै लापरवाहीले गर्दा रोगको सिकार हुन्छन् । उच्च रक्तचाप के हो ? ब्लड प्रेसर हाई अर्थात उच्च रक्तचापले धेरै मानिस पीडित भएका छन् । स्वस्थ मानिसमा स्टिोलिक रक्तचाप ९० मिमिदेखि १४० मिमिसम्म र डायस्टोलिक रक्तचाप ६० मिमिदेखि ९० मिमिसम्म हुन्छ । विश्व स्वास्थ्य संगठनको परिभाषा अनुसार स्टिोलिक रक्तचाप १६० मिमि (माथि) वा बढी भएमा र डायस्टोलिक रक्तचाप (तल) ९५ मिमि वा बढी भएमा यस्तो परिस्थितीलाई उच्च रक्तचाप मानिन्छ । चिकित्सा विज्ञानमा यसलाई हाईपरटेन्सन भनिन्छ । किन हुन्छ ? आधुनिक र व्यस्त जीवनशैली, मानसिक तनाव, धुम्रपान उच्च रक्तचापको प्रमुख कारण हो । मधुमेह, बुढ्यौली, अखाद्य बस्तुको सेवन, बोसो तथा तेलजन्य पदार्थको अत्याधिक सेवन, नुनको अतिसेवन र वंशाणुगत पनि उच्च रक्तचापको कारण हुने चिकित्सकहरु बताउँछन् । जे कारणले भए पनि रक्तचाप नियन्त्रणमा नराखे हृदयघात, मिर्गौला फेलियर, मष्तिस्कघात (स्ट्रोक), आँखाको ज्योति गुम्ने जोखिम हुन्छ । कसरी थाहा पाउने बेलाबेलामा धेरै टाउको दुख्ने र चक्कर लाग्ने हुन सक्छ ।
यस्तो लक्षण देखिनु भनेको आफ्नो स्वास्थ्य गम्भिर संकटमा परेको जनाउ दिनु हो । यस्तो पटक पटक भएमा तुरुन्त डाक्टरकोमा सल्लाह लिनु पर्छ । त्ससैगरि छाती दुख्ने, दम फुल्ने र नाकबाट रगत आउन थाल्यो भने पनि उच्च रक्तचापको खतरा हुन्छ । कसरी बच्ने रक्तचाप नियन्त्रण नभएको मानिसले रक्सी सेवन गरेमा मष्तिस्कघात हुने सम्भावना बढी हुन्छ । उच्च रक्तचाप देखिने बित्तिकै औषधी सुरु गर्नु हुँदैन । तर असर देखिएमा डाक्टरको सल्लाहअनुसार औषधी सुरु गर्नुपर्छ । मुटुरोग विशेषज्ञको सल्लाह बिना औषधि सेवन गर्नुहुँदैन । औषधि आफूखुसी सेवन गर्न छोड्नु हुँदैन । बीचमै छाड्दा मष्तिस्कघात र हृदयघात हुने सम्भावना बढी हुन्छ । जीवनशैली परिवर्तन पछि रक्तचाप नियन्त्रणमा आएमा विशेषज्ञको निगरानीमा औषधी बन्द गर्न सकिन्छ । उच्च रक्तचाप भएका महिलाले परिवार नियोजनको अस्थायी साधनमा हर्मोनल विधिको विकल्प खोज्नु पर्छ । गर्भवति महिलालाई उच्च रक्तचाप देखिएमा विशेषज्ञको सल्लाह लिनुपर्छ । २० वर्षभन्दा कम उमेरमा देखिने उच्च रक्तचापलाई सेकेन्ड्री हाइपरटेन्सन भनिन्छ । यसमा उच्च रक्तचाप हुने कारण खोजेर उपचार गरिन्छ । पोटासियम बढी भएको खानेकुराले रक्तचाप घटाउछ । सुन्तला, कागती, मौसम, केरा र ताजा फलफूलमा पनि पोटासियम बढी पाइन्छ । उच्च रक्तचाप भएको मानिसले अचार, पापड, अल्कोल, चिल्लो तथा बोसायुक्त खाना, चिनी र कफी खानु हुदैन उच्च रक्तचाप भैसकेपछि आफ्नो जीवनशैली तथा खानपान परिवर्तन नगरे यसले स्वास्थ्यमा गम्भिर असर पार्छ ।
Blood pressure