वैवाहिक सम्बन्ध असफल हुने कारण
असफल वैवाहिक सम्बन्धले जीवनको रंग फिका हुन्छ । यसले जीवनमा नैराश्य तथा तनाव निम्त्याउँछ । बेमेल विवाहको परिणाम प्राय नकारात्मक नै हुन्छ । बेमेल विवाहले दम्पतीको जीवन मात्र नभएर उनीहरूसँग जोडिएका मानिसको जीवनमा समेत असर गर्छ । बेमेल विवाह असफल हुनुका धेरै कारण छन् । पहिलो त जो मानिस यो बेमेल विवाह गर्छन् उनीहरू दिमागले होइन मनले सोच्छन् । जब घर–व्यवहार सम्हाल्नुपर्छ त्यतिबेला उनीहरूलाई एक–अर्काको कमी–कमजोरी तथा जीवनको सत्यप्रति खेद हुन्छ । यसले आफू र साथीको बीचको फरक महसुस हुन्छ । यसले गर्दा दम्पतीको माया कम हुँदै जान्छ । जोस तथा आवेगमा लिइएको कदमप्रतिको पश्चातापले एक अर्काप्रति वितृष्णा उत्पन्न हुन्छ ।
उमेरमा भिन्नता
पुरुषको तुलनामा महिलाको उमेर चाँडो ढलेको देखिन्छ । त्यसैले यदि महिला पुरुषभन्दा बढी उमेरकी हुन्छिन् भने विवाहको केही वर्षपछि उनीहरूले एक–अर्काको फरक दुनियाँका बारेमा अनुभव गर्न सक्छन् । मनोवैज्ञानिकहरूका अनुसार उमेर बित्दै गएपछि शारीरिक संरचनामा फरक आउँछ । यसले अनुहारमा पनि स्वाभाविक परिवर्तन देखा पर्छ । यसले गर्दा बढी उमेर भएको साथी आफ्नो जीवनसाथीप्रति झर्किरहन्छ र शंका पनि गर्छ । यसले गर्दा अर्को साथीले आफ्नै उमेरको साथी आफ्नो जीवनको नभएकोमा पश्चाताप गर्न थाल्छ । फलस्वरूप सम्बन्धमा चिसोपन आउँछ । यसले घरपरिवारमा तनाव तथा निराशा निम्त्याउँछ ।
विचारको अन्तर
एउटा खुला विचारयुक्त र अर्को संकीर्ण विचारधाराको छ भने त्यहाँ विचारको अन्तर देखिन्छ । जसका कारण सम्बन्धमा खटपट आउने गर्दछ ।
सुन्दरताको अन्तर
अनुहार जस्तो भए पनि दुवैको सुन्दरताको बीचमा धेरै फरक हुनु हुँदैन । यदि एक सुन्दर तथा अर्को कुरूप भए वैवाहिक सम्बन्धमा खटपट उत्पन्न हुन्छ । नराम्रो अनुहार भएको साथीले अर्कोलाई देख्दा मन खिन्न बनाउन सक्छ । यसले गर्दा वैवाहिक सम्बन्धमा प्रेम कम हुन्छ ।
स्टेटसको फरक
स्टेटसमा भिन्नता छ छ भने यो कुराको मानसिक समस्या कम स्टेटस भएको साथीमा देखिन्छ । उसलाई आफ्नो जीवनसाथीले सधै तल खसाएको आभास हुन्छ । आफैदेखि आफूलाई दिक्क लाग्न सक्छ । स्टेटसको फरकले वैवाहिक सम्बन्धमा प्रशस्त असर र्पुयाएको देखिन्छ ।
divorce