ताजा खबर

नयाँ शक्तिको नयाँ बन्ने फर्मुला, योगदेखि ध्यानसम्म

नयाँ शक्तिको नयाँ बन्ने फर्मुला, योगदेखि ध्यानसम्म

naya-sakti-press-release-1

असार - १६ । हालै रंगशालाबाट 'नयाँ शक्ति नेपाल' पार्टी घोषणा गरेका पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले नयाँ ढंगले पार्टीको विकाश गरेर लैजाने बताएका छन् । संगठनात्मक सिद्धान्तमा पार्टीले अवलम्बन गर्ने राजनीतिक मार्गदर्शनभन्दा अलग नहुने । मुख्य मार्गदर्शक सिद्धान्त सम्मुन्नत सामाजबाद उन्मुख वाम लोकतन्त्र हुने भनेका छन् । बाम र लोकतन्त्रलाई संयोजन गरी बनाएको भट्टराइको पार्टीको आफ्नो नयाँ संगठानीक कार्ययोजना र विधानमा समेटिएका नयाँ मानिने फरक कुरा भने यस्ता छन ।

संगठानीक पद्धतीहरु

नयाँ शक्तिको संरचना बहुपद र सामूहिक नेतृत्वका आधारमा संचालन हुनेछ । जातीय समुदाय, लिंग र क्षेत्रको सामानुपातिक, समावेशी सहभागीता मुलक प्रतिनिधित्व सुनिश्चीत हुने भनिएको छ ।

व्यक्ति हैन पद पूर्णकालिन

नयाँ शक्ती नेपालले पाटी संगठन भित्र कुनै पनि सदस्य व्यक्तिको हैसियतले पूर्णकालिन हुने छैन । खास खास पदहरु मात्रै पूर्णकालिन हुनेछन् । सम्बन्धित कमिटीले निर्णय गरेको सहित पूर्णकालिन सदस्यहरुले नियमनुसार सञ्चार, यातायात, सामान्य पारितोषिक आदी जस्ता खर्चहरु पार्टी कोषबाट लिन पाउनेछन् ।

एक व्यक्ति , एक पद दुई कार्यकाल, उमेरको समेत हदबन्दी

नयाँ शक्तिले एक व्यक्ति एक कार्यकारी पद र अधिकतम दुई कार्यकाललाई पालना गर्नेछ । पार्टीमा ७० बर्ष उमेर पुरा भएपछि कार्यकारी पदहरुबाट निबृत्त हुने ब्यबस्था हुनेछ । र पार्टीको निर्णयनुसार सम्मानजनक भुमीका निर्वाह गर्ने बताइएको छ ।

स्वस्थ जीवनका लागि योग ध्यान र प्रणामयामसम्म गरिने

नयाँ शक्तिले स्वस्थ शरीर र मन निमार्णका लागि पूर्वीय दर्शनमा आधारित योग, ध्यान र प्रणायाम जस्ता विधिहरु उपयोग गर्न प्रेरित गरिनेछ । भनिएको छ आवश्यकता अनुरुप तालीम तथा प्रशिक्षणको व्यवस्था समेत गरिनेछ ।

अध्ययन, अनुसन्धान र सूचनालाई उच्च प्राथमिकता

हरेक कार्यकर्ताले सदैव अध्ययन, अनुसन्धान र सूचनालाई प्रथामिकतामा राख्नु पर्ने बताइएको छ । कुनै पनि विषयमा धारण बनाउँनु वा नीतिगत निर्णय गर्दा अध्ययन, गहिरो अनुसन्धान, तथ्यांक, सूचना र जनमतका आधारमा हुने संस्कृतिको विकास गरिने छ ।

नयाँ शक्ति नेपालको आय स्रोत यस्तो हुनेछ

पार्टीका सबै तहका कमिटीहरुमा पार्टी कोष हुनेछ । कोषमा पार्टी सदस्यहरुको शुल्क र पार्टीलाई गर्ने विशेष आर्थिक सहयोग, जनसाधारणबाट प्राप्त हुने सहयोगका रकमहरु आम्दानीमा बाँधिने बताइएको छ । आम्दानी खर्चहरु चुस्त राख्न बैंकमार्फत संचालन गरिनेछन् । त्यस्तै पार्टीका प्रकाशनहरुको बिक्रीबितरणहरुबाट प्राप्त रकम हुने बताइएको छ ।

केही वैद्वानिक अंगहरु भनेर आयोगहरु गठन गरिएको छ

भनिएको छ । लोकपाल पार्टी सदस्यहरुका बारेमा सार्वजानिक रुपमा उठेका प्रश्नहरुको छानविन गरी आवश्यक कारवाहीको सिफारीस गर्न भनेर लोकपाल समूह गठन गर्ने र त्यसको निर्णयहरु कार्यान्वयन गर्नु हरेक कमिटी सदस्यहरुको कर्तव्य हुनेछ ।

सदाचार आयोग सम्पूर्ण सदस्य तथा अभियन्ताहरुलाई सदाचारको अभिमुखिकरण र प्रवद्र्धनको लागि भनेर सदाचार आयोग हुने बताइएको छ ।

संरक्षक आयोग पार्टीबाट निबृत हुने पदाधिकारी तथा सदस्यहरुलाई सममानित गर्न र अनुभवहरुलाई हस्तान्तरण गर्दै जाने उद्देश्य सहित भनेर संरक्षक आयोग गठन गर्ने भनिएको छ । ७० वर्ष उमेर पूरा भएका निवृत सदस्यहरु वा पार्टीमा कार्यकारी भुमीका बहन गर्न नसक्ने वा नचाहाने पार्टी सदस्यहरुलाई तहअनुसारको संरक्षक परिषद्मा मनोनित गरिनेछ । तहगत बैठकमा भाग लिने सल्लाह सुझाब दिन समेत भनिएको छ । यसरी विधान र संगठानिक कार्यदिशा तयार बनाएको नयाँ शक्ती र पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईको पार्टीको वास्तविकता भने पछि मात्रै थाह हुनेछ ।

प्रस्तुति : भौतिक मल्ल

baburam bhattarai naya shakti

विशेष