अन्तरवार्ता मुख्य समाचार

सरकारी अधिकारीको बकपत्रः उन्नतीको दुर्गति डेनिस दुतावासका कारण भएको हो, पुच्छरले कुकुर हल्लाउन खोजेको छ

सरकारी अधिकारीको बकपत्रः उन्नतीको दुर्गति डेनिस दुतावासका कारण भएको हो, पुच्छरले कुकुर हल्लाउन खोजेको छ
डेनमार्कको सहयोगमा संचालित उन्नती प्रोजेक्टको साडे ६ अर्ब कसरी बालुवामा पानी भइरहेको छ भन्ने बारेको यो दोस्रो अध्याय हो । पहिलो अध्यायमा हामीले उन्नती प्रोजेक्ट के हो र यसले कुन जिल्लामा कति रकम केमा खर्च गर्ने योजना बनाएको छ भन्ने बारेमा विस्तृतरुपमा उल्लेख गरेका थियौं । यो अध्यायमा हामीले सो प्रोजेक्टको सडक सञ्चालन गर्ने कामको समन्वय गर्ने जिम्मेवारी पाएको स्थानीय पूर्वाधार विकास तथा कृषि सडक विभाग डोलिडारको भनाइ राख्दैछौं । स्थानीय विकास मन्त्रालय अन्तर्गतको डोलिडारका उपमहानिर्देशक राजा कर्माचार्यले उन्नतीको दूरगति कसरी भयो भन्ने बारेमा हामीसंग २ घण्टा लामो कुराकानी गरेका छन् । सो कुराकानीमा उनले दातृ निकायको सहयोग कसरी दुरुपयोग हुन्छ भन्ने बारेमा खुलेर जानकारी दिएका छन् । अनावश्यक मान्छेलाई भर्ती गर्ने र सुविधाका नाममा सहयोगको रकम सिद्धाउने उन्नतीको प्रवृत्ति छताछुल्ल पारेका छन् । सागर बुढाथोकीसंग कर्माचार्याले गरेको कुराकानीको सम्पादित अंश यहां राखिएको छ । unnati-2 उन्नती प्रोजेक्टमा कसले के काम गर्ने जिम्मा लिएको छ ? यो प्रोजेक्टको सडक सञ्चालन गर्ने कामको समन्वय गर्ने जिम्मा मैले लिएको हो । तर यसको काम हामिले गर्ने हैन । यसको सबै काम जिल्ला प्राबिधिक कार्यलयले गर्ने हो । यस कामको लागि आवश्यक भन्दा बढी ईन्टरनेशनल कामदारहरु राखेको छ । तर हामीलाई केही सुबिधा छैन । प्रोगाम डकुमेन्टमा काम गर्ने जिम्मा हाम्रो हैन, म्यानेजमेन्ट कन्ट्रयाक्टरको उल्लेख गरेको छ । अरु सेक्टरको काम अरुले नै हेर्छन । अहिले सम्मको कामको प्रगती बिवरण कस्तो छ ? बिभिन्न कठिनाईले गर्दा काम सुरु हुन ढिला भयो, तर हामी तोकिएको समयमा काम सक्छौ । काम सुरु भईसकेको छ, अब काम सकिन्छ । आधा समयावधि सकिसक्दा भर्खर काम सुरु भएको छ, कसरी काम सकिन्छ ? लगातार काम हुने हो भने यो काम समयमै सकिन्छ । अझ १९० मिलियन डेनिस क्रोनरले नपुग्ने अवस्था हुन आउंछ । जम्मा ४ वटा पुल र ११ वटा सडक बनाउने त हो नी । काम ढिला हुनुमा तपाईहरुको पनि कमजोरी भन्ने सुनिन्छ नी ? उन्नतीलाई मैले राम्रो प्रोजेक्टको रुपमा लिएर धेरै समय दिएको छु । तर केही सुबिधा लिएको छैन । यो प्रोजेक्टमा जिल्लाका एलडियोहरु असन्तुष्ट हुनु स्वाभाविक हो । किनकी यहाँ काम गर्ने कालु, मकै खाने भालु भएको छ । उहाँहरुले पनि काम धेरै गर्नुपर्छ तर सेवा सुबिधा लिन पाएका छैनन । काम ढिला हुनुमा स्थानीय बिकास मन्त्रालयको आर्थिक प्रसाशन शाखाको हात छ । उसले कहिले एलडियोलाई उचाल्ने कहिले लेखालाई उचाल्ने गरेको छ । किनकी जिल्लामा खर्च कसले गर्ने भन्ने कुरामा बिवाद छ । भनेपछि काम ढिला हुनुमा तपाईहरुको केही भुमिका छैन ? डेनमार्कको दुतावासले पैशा डि डि एफ –जिल्ला विकास कोषमा पठाउछ । डिडिएफले जिल्ला प्राविधिक कार्यलयलाई पठाउछ । अनी काम किन र कसरी भएन ? हाम्रो भुमिका कसरी हुन्छ त ? हामीले त समन्वय मात्र गर्ने हो । तपाईको नजरमा काम ढिलो हुनुमा को दोषी देख्नुहुन्छ ? काम जिबिस तथा जिल्ला प्राबिधिक कार्यालयले गर्ने हो । काम केही नगर्ने सुतेर बस्नेले उन्नती भनेर अफिस खोलेर बसेका छन् । अनी कसरी हुन्छ काम ? काम नगर्ने मोजमस्ती गर्ने र गाडी चडेर हिड्ने भएपछि जनताले गाली गरिहाल्छन् । म्यानेजमेन्ट कन्ट्रयाक्टरले काम गर्न समन्वय गर्ने हो । निर्देशन दिने होईन । स्थानीय सरकारलाई यो गर त्यो गर भनेर वाताबरण बिगार्ने होईन । काम गर्ने वाताबरण बनाउने भुमिका म्यानेजमेन्ट कन्ट्रयाक्टर अर्गुटको हो । तपाई आफै भन्नुस कक्कुरले पुच्छर हल्लाउने की पुच्छरले कुक्कुर ? म्यानेजमेन्ट कन्ट्रयाक्टरले सरकारको निर्देशन मानेर काम गर्नुपर्ने तर उ आफै निर्देशन दिदै हिड्छ । सबभन्दा ठुलो दोषी त म डेनिस एम्बेसीलाई देख्छु । उसले आफुले खटाएको कन्सल्ट्यान्टलाई कन्ट्रोल गर्न सकेन । काम गर्न अर्गुुटले वातावरण मिलाउन सकेको जस्तो मलाई लाग्दैन । के गर्छन त म्यानेजमेन्ट कन्ट्रयाक्टरहरु ? उनीहरु आफ्नै अफिस खोलेर बसेका छन् । केही काम नहुने ठाउमा ठूलो जेनेरेटर किनेका छन् । कोठा भरी ब्याट्री थुपारेका छन । जहां केही काम पनि छैन र धेरै मान्छे बस्दैनन् । तर काम हुने ठाउंमा त्यस्तो केही सुबिधा छैन । न त बत्तिको सुबिधा छ न त गाडीको नै छ । अनाआवश्यक र काम नहुने ठाउंमा उनीहरु स्रोतसाधनको दुरुपयोग गरेर बसेको छन् । कन्ट्रयाक्टरले जिम्मा लिएको काम पुरा गर्नु पर्छ, सानो सानो कुरामा स्थानिय सरकारसगं यो गर त्यो गर, यो पाउछस त्यो पाउछस् भनेर निऊ खोज्ने होईन । सल्लाहकारले भने अनुसार काम गर्नुृपर्छ भन्ने छैन । तपाईहरुसगं काम गर्ने समन्वय नमिलेर उन्नतीको सिनियर कर्मचारीले राजिनामा नै दिएछन नी ? मैले अघी नै भने, कसैले आएर स्थानिय तथा केन्दिय सरकारलाई शाशन जमाउछ, निर्देशन दिन्छ भने एउटा त के ५० जनाले राजिनामा दिए पनि मलाई केही फरक पर्दैन ।   र योपनि, बजेट साडे ६ अर्ब, काम शून्यः उन्नती प्रोजेक्टका नाममा गरिएको ब्रह्मलुटको इतिवृतान्त  

denmark embassy dolidar raja karmachari unnati 2 unnati brahmalut unnati project

विशेष