मनोरञ्जन

आमिर र सलमानको दुरी बढ्यो

आमिर र सलमानको दुरी बढ्यो

Salman VS Amir कुनै समय बलिउडका सबैभन्दा मिल्ने साथी भनेर चिनिएका अभिनेताद्वय सलमान खान र आमिर खानको सम्बन्ध अहिले चिसिएको छ । कतिसम्म भने आमिरले केही दिनयता सलमानलाई सहयोग गर्न पनि छोडेका छन् । सहयोगको कुरा परै छोडौ उनले सलमानका अभिव्यक्तिको आलोचना पनि गर्न थालेका छन् । सलमानको बहुप्रतिक्षित फिल्म ‘सुल्तान’ रिलिजको दुई दिनअघि मात्र आमिरले आफ्नो फिल्म ‘दंगल’को पोस्टर पनि बाहिर ल्याए । सुल्तान ६ जुलाईमा रिलिज हुदै छ ।

त्यति मात्र होइन, सलमानले लगभग १५ दिनअघि दिएको अभिव्यक्तिलाई लिएर आमिरले आलोचना पनि गरेका छन् । सलमान असंवेदनशील भएको आरोप पनि लगाएका छन् । आमिरको यस्तो आरोप र आलोचनाले सलमानको फिल्म व्यापारमा कति फरक पर्नेछ भन्ने त हेर्नै बाकी छ ।

Amir Khan salman khan

विशेष